+
+
Shares

टोरन्टोमा हिमालयन मेला उत्साहपूर्णरुपमा सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २७ गते १४:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टोरन्टोमा आयोजित १७औं हिमालयन मेला भव्य र उत्साहपूर्ण माहोलमा सम्पन्न भएको छ।
  • नेपालिज क्यानाडियन कम्युनिटी सर्भिसेसले सो अवसरमा २५औं वार्षिकोत्सव मनाएको थियो।
  • महासचिव सुदर्शन सापकोटाले समुदायमा देखाएको समर्पणको सम्मानस्वरूप पहिलो ‘प्रेसिडेन्ट अवार्ड’ प्राप्त गरेका छन्।

टोरन्टो (क्यानडा) । यहाँ आयोजित १७औं हिमालयन मेला भव्य र उत्साहपूर्ण माहोलमा सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाली राजदूत भरतराज पौड्याल प्रमुख अतिथिको रूपमा उपस्थित थिए । प्रिमियर डग फोर्ड, टोरन्टोकी मेयर ओलिभिया चौ र सांसद सोनिया सिधुले बधाई सन्देशमार्फत नेपाली समुदायप्रति शुभकामना व्यक्त गरे ।

सो अवसरमा नेपालिज क्यानाडियन कम्युनिटी सर्भिसेसले २५औं वार्षिकोत्सव पनि मनाएको थियो । मेलामा एनआरएन क्यानाडाका अध्यक्ष जगन सापकोटा, ग्लोबल एनआरएनका सहकोषाध्यक्ष अभिमन्यु बस्नेत, ओन्टारियो प्रान्तीय सांसद डोली बेगम, टोरन्टो सिटी काउन्सिलर पार्थी कन्देवल लगायतको सहभागिता थियो ।

ध्यक्ष बीना बर्माले स्वागत मन्तव्यसहित गरिन् । अध्यक्षता संस्थाका सभापति डा. थमनाथ अधिकारीले गरे । कलाकार हरि कर्माचार्य, अञ्जना गुरुङ र कनैयासिंह परियारले मनमोहक सांगीतिक प्रस्तुतिमार्फत माहोललाई झन् रंगीन बनाएका थिए ।

कार्यक्रममा १७ सांस्कृतिक प्रस्तुति र ३ वटा ब्यान्डले प्रस्तुति दिए । १५ भन्दा बढी संघसंस्थाहरूले सांस्कृतिक पोशाकमा सहभागी भई सामुदायिक परेडमा भाग लिँदै विविधतापूर्ण सांस्कृतिक पहिचान प्रस्तुत गरेका थिए ।

महासचिव सुदर्शन सापकोटाले समुदायमा देखाएको समर्पण, नेतृत्व र प्रेरणादायी योगदानको सम्मानस्वरूप प्रतिष्ठित पहिलो ‘प्रेसिडेन्ट अवार्ड’ प्राप्त गरे ।

हिमालयन मेलालाई केवल सांस्कृतिक उत्सवको रूपमा मात्र नभई, क्यानडाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायको साझा पहिचानलाई मजबुत बनाउने महत्वपूर्ण अवसरको रूपमा पनि लिइएको छ ।

मेलाको सफलता निरन्तरता कायम राख्न संस्थाले आगामी वर्षहरूमा अझ प्रभावकारी योजना, सहयोगी समन्वय र व्यापक समुदाय सहभागितामा जोड दिने प्रतिबद्धता जनाएको छ ।

कार्यक्रमको औपचारिक सञ्चालन महासचिव सुदर्शन सापकोटा र स्वीकृति घिमिरेले गरेका थिए । सांस्कृतिक प्रस्तुतिको सञ्चालन बिधान कार्की, सृष्टि श्रेष्ठ अमात्य, यारिका कार्की र देवेन्द्र अधिकारीले एमसीको रुपमा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?