+
+
Shares

पर्सामा एक कैदीको मृत्यु

मृत्यु हुनेमा २८ वर्षीय राहुल साह छन् । उनी कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भएर २५ वर्ष सजाय तोकिएका व्यक्ति हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २७ गते १४:०७

२७ साउन, काठमाडौं । पर्सामा एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीय राहुल साह छन् ।

उनी कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भएर २५ वर्ष सजाय तोकिएका व्यक्ति हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा एसपी गौतम मिश्रका अनुसार उनी मंगलबार बिहान एक्कासी बेहोस भएका थिए । ‘बिहान एक्सरसाइज गर्ने क्रममा वान्ता गर्दै एक्कासी बेहोस भएका रहेछन् । उपचारका लागि लगिएको अस्पतालमा मृत्यु भयो’ एसपी मिश्रले अनलाइनखबरसँग भने ।

नारायणी उपक्षेत्रीय अस्पतालमा उनको मृत्यु भएको प्रहरीले बताएको । अहिले मृतकका आफन्तसँग सो बारेमा छलफल भइरहेको छ । आफन्तले भने विभिन्न आरोप लगाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?