+
+
Shares

साढे ११ हजार कैदी अझै फरार

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २७ गते १५:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २६ वटा कारागारबाट १२ हजार ८१७ र बाल सुधार गृहबाट ९६२ गरी १३ हजार ७७९ कैदीबन्दी फरार भएका थिए।
  • कारागार व्यवस्थापन विभागका निर्देशक चामेन्द्र न्यौपानेले ११ हजार ४६१ कैदीबन्दी अझै फरार नै रहेको बताए।
  • २४ भदौमा जेनजीको आन्दोलन उग्र भएपछि कारागार तोडफोड र आगजनी हुँदै कैदीहरू फरार भएका थिए।

२७ भदौ, काठमाडौं । साढे ११ हजार कैदीबन्दी अझै फरार भएका छन् ।

देशभरका २६ वटा कारागारबाट भागेकामध्ये केही कैदीबन्दी कारागार फर्किए पनि अझै ११ हजार ४६१ कैदीबन्दी फरार नै रहेको कारागार व्यवस्थापन विभागका निर्देशक चामेन्द्र न्यौपानेले बताए ।

२६ कारागारबाट १२ हजार ८१७ र बाल सुधार गृहबाट ९६२ गरी १३ हजार ७७९ कैदीबन्दी फरार भएका थिए । ति मध्ये पक्राउ र आफैं फर्कनेको संख्या २ हजार ३१८ रहेको न्यौपानेले बताए ।

जेनजीको आन्दोलन उग्र बनेपछि २४ भदौमा कारागार तोडफोड र आगजनी गर्दै कैदीहरू फरार भएका थिए । सन तस्करका नाइके चुडामणि उप्रेती ‘गोरे’देखि अपहरणकारीका नाइके भारतीय नागरिक उदय सेट्टीसम्म फरार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?