+
+
Shares

कैलाली कारागार घटनाबारे संसदीय समितिको चासो, गृहमन्त्रीलाई बोलाइयो छलफलमा

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २७ गते १४:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलाली कारागारमा २०८२ साउन २३ गते भएको झडपमा भरत चौधरीको मृत्यु र ४८ जना घाइते भएका छन्।
  • प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले बुधबार बिहान १० बजे कैलाली कारागार घटनाबारे छलफल गर्नेछ।
  • बैठकमा गृहमन्त्री रमेश लेखकलाई समेत बोलाइएको छ र समस्या समाधानका उपायहरूमा चर्चा हुनेछ।

२७ साउन, काठमाडौं । कैलाली कारागारमा शुक्रबार राति भएको झडपमा एक जनाको मृत्यु घटनाबारे संसदीय समितिमा छलफल हुने भएको  छ । कारागारमा कैदीबन्दीको  दुई समूहबीच भएको झडपमा कैदबन्दी भरत चाैधरीको मृत्यु भएको थियो भने अन्य ४८ जना घाइते भएका थिए ।

यस्तो घटना भएको ४० घण्टासम्म कैदीबन्दीले नै कारागार नियन्त्रणमा लिएका थिए । यो घटनाका सम्बन्धमा संसदीय समितिले चासो राखेर बैठक नै राखेको छ ।

प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले बुधबार बिहान १० बजे बैठक राखेको छ ।

सिंहदरवारमा बस्ने बैठकमा ‘कैलाली कारागारमा मिति २०८२ साउन २३ गते घटेको घटना, सोको प्रभाव र समस्या समाधानका उपायहरू’बारे छलफल गर्ने कार्यसूची छ । बैठकमा गृहमन्त्री रमेश लेखकलाई समेत बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?