+
+
Shares

कैलाली कारागार घटना : प्रहरीले जाहेरी लियो, शव परीक्षणपछि परिवारले बुझ्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २६ गते १७:२७

२६ साउन, धनगढी । कैलाली कारागारमा भएको हिंसात्मक आक्रमणमा मारिएका धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको परिवारले प्रहरीमा जाहेरी दिएको छ ।

शुक्रबार रातिको घटनामा चौधरीमाथि आक्रमण गरेर हत्या गर्ने कैदीबन्दीको पहिचान गरेर कारवाहीको दायरामा ल्याउन माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उनको परिवारले सोमबार दिउँसो जाहेरी दिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले जाहेरी प्राप्त भएको बताए । सोही जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएकोले संलग्न कैदीबन्दीको पहिचान गरेर कारवाही दायरामा ल्याइने उनले बताए ।

जाहेरी परेसँगै सेती प्रादेशिक अस्पतालमा शव परीक्षणको काम भइरहेको छ ।

मृतकका भाइ विजय चौधरीले प्रमुख अधिकारी गोगनबहादुर हमालले टुहुरो बनेकी छोरीको नि:शुल्क पठनपाठन र दोषीलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्वतापछि शव बुझ्न तयार भएको बताए ।

उनले दाजुको शव परीक्षण सकिएपछि बुझेर परम्पराअनुसार दाहसंस्कार गर्ने बताए ।

कैलाली कारागारमा शुक्रबार राति कैदीबन्दीको आक्रमणमा परेर लागुऔषध मुद्दामा कैद भुक्तान गरिररहेका चौधरीको मृत्यु भएको थियोे भने ४९ जना कैदीबन्दी घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?