+
+
Shares

कैदीबन्दीको नियन्त्रणमा रहेको कैलाली कारागारमा हतियारसहितका सुरक्षाकर्मीको प्रवेश

आइतबार अपरान्ह नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली मानव अधिकार प्रदेश कार्यालय, धनगढीको रोहवरमा कारागारभित्र हतियारसहित प्रवेश गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २५ गते १७:३०

२५ साउन, धनगढी । कैदीबन्दीले नियन्त्रणमा लिएको कैलाली कारागारमा हतियारसहितका सुरक्षाकर्मी प्रवेश गरेका छन् ।

कैदीबन्दीका दुई समूहबीचको झडपका कारण शनिबारदेखि तनावग्रस्त रहेको कारागारमा सुरक्षाकर्मी समेत प्रवेश गर्न पाएका थिएनन् ।

आइतबार अपरान्ह नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली मानव अधिकार प्रदेश कार्यालय, धनगढीको रोहवरमा कारागारभित्र हतियारसहित प्रवेश गरेका हुन् ।

कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएर कसैलाई प्रवेश गर्न दिएका थिएनन् ।

एक जनाको मृत्यु र ४९ जना घाइते हुने गरी हिंसात्मक घटना भएको ४० घण्टापछि पनि कारागारको स्थिति नियन्त्रणमा आउन सकेको थिएन ।

भर्खरै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली कागारको ब्लक ए र ब्लक बीमा प्रवेश गरी भित्रको स्थितिबारे खोजतलास थालेका छन् ।

कारागारमा रहेका कैदीबन्दीको संख्यामा समेत अन्यौल सृजना भएकाले कैदीबन्दीको गणना समेत सुरक्षाकर्मीको टोलीले गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?