+
+
Shares

कैलाली कारागारबाहिर कैदीबन्दीका आफन्तको भीड (तस्वीरहरू)

कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएकाले प्रहरी समेत भित्र जान पाएका छैनन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २५ गते १४:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलाली कारागारमा हिंसात्मक झडपपछि एक जनाको मृत्यु र ४९ जना घाइते भएका छन्।
  • झडपपछि कैदीबन्दीका आफन्तहरू कारागार बाहिर भेला भएका छन् र प्रशासनले स्थिति साम्य गर्न सकेको छैन।
  • १५० क्षमताको कारागारमा करीब सात सय कैदीबन्दी राखिएको छ र कैदीहरूले थुनुवा कक्ष आफ्नो नियन्त्रणमा लिएका छन्।

२५ साउन, धनगढी । तनावग्रस्त रहेको कैलाली कारागार बाहिर कैदीबन्दीका आफन्तहरूको भीड लागेको छ ।

कारागारमा हिंसात्मक झडप भएपछि कैदीबन्दीका आफन्त उनीहरूलाई भेट्ने प्रयासमा भेला भएका हुन् ।

एक जनाको मृत्यु र ४९ जना घाइते हुने गरी हिंसात्मक घटना भएको ३६ घण्टा बित्दासमेत स्थानीय प्रशासनले स्थिति साम्य गर्न सकेको छैन ।

भित्रको स्थिति तनावग्रस्त भएपछि आफन्तले कारागार पुगेर सोधखोज गरिरहेका छन् ।

कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएकाले प्रहरी समेत भित्र जान पाएका छैनन् ।

कारागार भित्रको अवस्थाबारे तथ्यगत विवरण सार्वजनिक हुन सकेको छैन । विभिन्न कसुरमा सजाय काटिरहेका कैदीबन्दीका आफन्त समेत कारागार भित्र झडप भएको खबरले चिन्तित देखिएका छन् ।

कारागार प्रशासनले उनीहरुलाई गेटबाहिरै रोकेको छ ।

१५० जना क्षमताको कैलाली कारागारमा करीब सात सय जनालाई राखिएको छ । क्षमताभन्दा धेरै कैदीबन्दी एकै ठाउँ राख्दा कैलाली कारागारमा पटकपटक तनाव हुँदै आएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?