
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा वातावरण संरक्षण र कार्बन उत्सर्जन न्यूनीकरणका लागि 'कार्बन परियोजना डिजाइन परामर्श कार्यक्रम' सम्पन्न भएको छ।
- नेपाल ट्रेजर कार्बनले रुपन्देही र नवलपरासीका ७ स्थानीय तहमा निःशुल्क सुधारिएको चुलो वितरण गर्ने योजना सार्वजनिक गरेको छ।
- कार्यक्रममा सरकारका चार मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, स्थानीय तहका प्रतिनिधि, सञ्चारकर्मी र विज्ञहरूको सहभागिता रहेको थियो।
काठमाडौं । काठमाडौंमा ‘कार्बन परियोजना डिजाइन परामर्श कार्यक्रम’ सम्पन्न भएको छ । वातावरण संरक्षण र कार्बन उत्सर्जन न्यूनीकरणका लागि निजी तथा सरकारी सरोकारवाला निकायहरूबीच सहकार्यको ढोका खोल्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
नेपाल ट्रेजर कार्बनको आयोजनामा शुक्रबार भएको कार्यक्रममा वातावरणमैत्री प्रविधिको प्रवर्द्धन र कार्बन व्यापारमा नेपालको सम्भावनाबारे छलफल र परामर्श भयो ।
नेपाल ट्रेजर कार्बनका अध्यक्ष निकेष अधिकारीले सरकारसँगको सहकार्य र संस्थाको भावी योजनाबारे प्रकाश पारे । उनले परियोजनाको पारदर्शिता र प्रतिबद्धता स्पष्ट पार्दै सहभागीहरूको जिज्ञासामा उत्तर दिए ।
अन्तर्राष्ट्रिय परियोजना निर्देशक स्टिभन फ्यानले रुपन्देही र नवलपरासीका ७ स्थानीय तहमा निःशुल्क रूपमा सुधारिएको चुलो वितरण गर्न लागिएको जानकारी दिए । उक्त योजना सार्वजनिक गर्दै त्यसले वातावरण तथा मानव स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावबारे उनले जानकारी दिए ।
स्टिभनले सुधारिएको चुलोको प्रयोग विधि समेत प्रदर्शन गरे ।
काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. बेदमणि दाहालले नेपाललाई कार्बन व्यापारको अन्तर्राष्ट्रिय बजारमा ठूलो सम्भावना रहेको बताए । उनले ‘कार्बनलाई पैसामा रूपान्तरण गर्न सकिने परियोजना’ को अवधारणामा जोड दिए । यस्ता परियोजनाले विपन्न समुदायमा प्रत्यक्ष लाभ पुर्याउने धारणा उनले राखे ।
व्यास नगरपालिकाकी कृषि अधिकृत समीक्षा पाखरेलले जलवायु परिवर्तनबाट पहाडी क्षेत्र प्रभावित भइरहेका बेला यस्तो परियोजना उपयोगी हुने बताइन् ।
कार्यक्रममा सहभागी प्रतिनिधिहरूले परियोजनाको उद्देश्यप्रति सकारात्मक समर्थन जनाउँदै सरकारी र निजी क्षेत्रबीच सहकार्यको आवश्यकता औंल्याए ।
कार्यक्रममा सरकारका चार मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, स्थानीय तहका प्रतिनिधि, सञ्चारकर्मी र विज्ञहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया 4