
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले हुलाकी सडक निर्माणमा सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेसँग माग गरेका छन्।
- सांसद मोदीले प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै रुलिङ नहुँदा सभामुख अगाडि अनशन बस्ने चेतावनी दिएका छन्।
- हुलाकी सडक कठरीमा १० वर्ष बितिसक्दा पनि निर्माण नहुँदा स्थानीय जनताले धान रोपाइँ गर्दै आएको सांसद मोदीले उल्लेख गरेका छन्।
२७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले हुलाकी सडकका सम्बन्धमा सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेसँग माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले सरकारलाई रुलिङ नगरे सभामुखको अगाडि अनशन बस्ने चेतावनी दिए ।
‘हुलाकी सडक अन्तर्गतको कटहरी खण्ड १० वर्ष हुन लागिसक्यो अझै बन्न सकेको छैन । त्यहाँको जनताहरूको अहिले सडकमा धान रोपाइ चलिरहेको छ । यस्तो परिस्थितिमा सभामुखबाट सरकारलाई रुलिङ हुनुपर्यो’ सांसद मोदीले भने, ‘होइन भने सभामुख महोदय, म तपाईंको अगाडि अनशन बस्छु । जबसम्म मेरो कुराको सुनुवाई हुँदैन तबसम्म अनशन बस्छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4