+

बुल्गेरियाकी निकोलाएभाले काठमाडौं स्पाइकर्सबाट खेल्ने

२०८२ साउन  २७ गते १६:२४ २०८२ साउन २७ गते १६:२४
बुल्गेरियाकी निकोलाएभाले काठमाडौं स्पाइकर्सबाट खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं स्पाइकर्सले वात्सल्य एभरेष्ट महिला भलिबल लिगका लागि बुल्गेरियन खेलाडी निकोलाएभा नेकोभालाई पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको छ।
  • २७ वर्षीया नेकोभा सेटर पोजिसनमा खेल्छिन् र उनले बुल्गेरिया, फ्रान्स, अजबैजानका क्लबबाट खेलेको अनुभव छ।
  • एभरेष्ट महिला भलिबल लिगको दोस्रो सिजन भदौ २० देखि २८ गतेसम्म हुने छ ।

२७ साउन, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभि) का लागि काठमाडौं स्पाइकर्सले बुल्गेरियन भलिबल खेलाडी निकोलाएभा नेकोभाले अनुबन्ध गरेको छ ।

काठमाडौं स्पाइकर्सले पहिलो विदेशी खेलाडीको रुपमा नेकोभाको नाम घोषणा गरेको हो । २७ वर्षीय नेकोभा सेटर पोजिसनमा खेल्छिन् ।

नेकोभाले बुल्गेरिया, फ्रान्स, अजबैजानको क्लबबाट खेलेको अनुभव छ । नेकोभाको आगमनले काठमाडौं स्पाइकर्सको टिम अझ सन्तुलित र मजबुत हुने टिमको विश्वास छ । पहिलो सिजनमा पनि बुल्गेरियाकै सेटर आन्द्रे स्भेतानोभाले काठमाडौंबाट खेलेकी थिइन् ।

पहिलो संस्करणको लिगमा तेस्रो भएको काठमाडौं स्पाइकर्सले दोस्रो सिजन अझ बलियो भएर आउने र कोर्टमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

एभरेष्ट महिला भलिबल लिगका लागि तीन विदेशी खेलाडी अनुबन्ध गर्न प्रावधान छ । अन्य दुई विदेशी खेलाडी पनि छिटै घोषणा गर्नेछौँ ।

नेपाली राष्ट्रिय महिला भलिबल टिमकी मुख्य स्पाइकर उषा भण्डारी मार्की प्लेअर रहेको काठमाडौं स्पाइकर्समा मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन् । यस्तै मुख्य प्रशिक्षका लोक बहादुर बुढा छन् ।

वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभि) को दोस्रो सिजन आगामी भदौ २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५-१३) हुनेछ ।

काठमाडौं स्पाइकर्स निकोलाएभा नेकोभा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय