+
+
Shares

ग्लोबल रिच अष्ट्रेलियन एजुकेशन फेयर २०२५ हुँदै

आयोजक ग्लोबल रिचका हेड अफ अपरेसन्सु नारायण बजाजका अनुसार विद्यार्थीहरूले मेलामा ३ हजार भन्दा बढी शैक्षिक कार्यक्रमबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २७ गते १६:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आगामी शुक्रबार काठमाडौंको होटल याक एण्ड यतिमा अष्ट्रेलियन एजुकेशन फेयर २०२५ आयोजना हुने भएको छ।
  • मेलामा ३० भन्दा बढी अष्ट्रेलियन विश्वविद्यालयका प्रतिनिधिहरु सहभागी हुनेछन् र विद्यार्थीले ३ हजारभन्दा बढी शैक्षिक कार्यक्रमबारे जानकारी पाउनेछन्।
  • मेलामा छात्रवृत्ति अवसर, व्यक्तिगत करियर परामर्श सेवा निःशुल्क उपलब्ध हुनेछ र दर्ता गर्ने विद्यार्थीलाई आइएलटीएस शुल्कमा ५० प्रतिशत छुट दिइनेछ।

२७ साउन, काठमाडौँ । अष्ट्रेलियामा उच्च शिक्षा प्राप्त गर्ने सोच भएका नेपाली विद्यार्थीका लागि आगामी शुक्रबार काठमाडौंमा अष्ट्रेलियन एजुकेशन फेयर २०२५ आयोजना हुने भएको छ।

ग्लोबल एजुकेशन सर्भिसेज प्रा. लि. (ग्लोबल रीच)को आयोजना तथा ३० भन्दा बढी अष्ट्रेलियन विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागितामा हुने यो मेला होटल याक एण्ड यतिमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म चल्नेछ। अष्ट्रेलिया नेपाली विद्यार्थीको पहिलो गन्तव्य बन्दै गएको परिप्रेक्ष्यमा एजुकेशन फेयर अभिभावक र विद्यार्थी दुबैलाई फलदायी हुने दाबी गरिएको छ।

आयोजक ग्लोबल रीचका हेड अफ अपरेसन्सु नारायण बजाजका अनुसार विद्यार्थीहरूले मेलामा ३ हजार भन्दा बढी शैक्षिक कार्यक्रमबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन् ।

मेलामा शय प्रतिशतसम्मका छात्रवृत्ति अवसरबारे मार्गदर्शन, व्यक्तिगत करियर तथा शैक्षिक परामर्श सेवाको सुविधा पनि विद्यार्थीले पाउने उनले बताए । मेला निःशुल्क रहनेछ भने दर्ता गर्ने विद्यार्थीलाई आइएलटीएस शुल्कमा ५० प्रतिशत छुट र विभिन्न उपहारको व्यवस्था गरिएको छ ।

ग्लोबल रीचका नेपाल अपरेसन को–अर्डिनेटर रितु बजाज गोयन्काले संस्थाले विश्वका ५ भन्दा बढी विश्वविद्यालयको प्रतिनिधित्व गर्दै आएकाले पनि एजुकेशन फेयर अन्य शैक्षिक परामर्शदाताहरुले गर्ने शैक्षिक मेलाभन्दा फरक हुने बताइन् ।

ग्लोबल रिच हाल अष्ट्रेलिया, भारत, श्रीलङ्का, नेपाल, भुटान र बङ्गलादेशमा ४६ कार्यालयमार्फत सेवा दिइरहेको पनि उनले जनाइन्।

आगामी शुक्रबार काठमाडौंमा फेयर गर्न लागेको ग्लोबल रीचले भदौ १ मा पोखरा, २ मा चितवन र ३ गते बुटवलमा पनि यस्तै प्रकारको शैक्षिक मेला आयोजना गर्ने सिनियर जोनल म्यानेजर प्रिया देवानले जानकारी दिइन् ।

विभिन्न जिल्लामा रहेका विद्यार्थीहरु माझ सेवा प्रदान गर्ने उदेश्यसहित भदौ ५ मा बिर्तामोड र ६ गते ललितपुरको कुमारीपाटीमा पनि फेयर सञ्चालन हुनेछ ।

ग्लोबल एजुकेशन सर्भिसेस्ले विगत १७ वर्षदेखि शैक्षिक परामर्श सेवाका साथै करिअर परामर्श सेवा पनि प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?