News Summary
Generated by OK AI. Editorially reviewed.- पलेशा गोर्वधन र प्रशिक्षक कविराज नेगी लामालाई राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय युवा तथा खेलकुद विभागले सम्मान गरेको छ।
- अन्तराष्ट्रिय युवा दिवस २०२५ को अवसरमा रास्वपाका प्रमुख तोसिमा कार्की र नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोखरेलले पलेशा र नेगीलाई सम्मान गरे।
- पलेशाले पेरिस २०२४ पारालिम्पिक र हाङझाव एसियन पारा गेम्समा कांस्य पदक जितेकी छन् र उनले ६ अन्तराष्ट्रिय पदक जितेकी छिन्।
२७ साउन, काठमाडौं । मलेसियाको कुचिङमा भएको दसौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी ४) की कांस्य पदक पलेशा गोर्वधन र उनका प्रशिक्षक कविराज नेगी लामालाई राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय युवा तथा खेलकुद विभागले सम्मान गरेको छ ।
अन्तराष्ट्रिय युवा दिवस २०२५ को उपलक्ष्यमा आयोजना गरिएको फ्यूचर लिडर्स समिट २०२५ को अवसरमा रास्वपाको केन्द्रिय युवा तथा खेलकुद विभागका प्रमुख तोसिमा कार्की र नेपाल तेक्वान्दो संघका उपाध्यक्ष तथा विभागका सदस्य हरिश्वर पोखरेलले पलेशा गोवर्धन र कविराज नेगीलाई सम्मान गरे ।
पलेशाले पेरिस २०२४ पारालिम्पिक र हाङझाव एसियन पारा गेम्समा एतिहासिक कांस्य पदक जितेकी थिइन् । आफ्नो करियरमा पलेशाले कुल ६ वटा अन्तराष्ट्रिय अफिसियल मेडल प्राप्त भएको छ जसमा २ स्वर्ण र ४ कास्य पदक रहेको छ ।
सन् २०१५ देखि स्वयंसेवक प्रशिक्षक कविराज नेगी लामा अन्तराष्ट्रिय लेवल २ प्रशिक्षक हुन् । पलेशा २०१६ देखि नेगी संगै प्रशिक्षण गरिरहेकी छन् ।
नेगीको प्रशिक्षणमा हाल सम्म पारा तेक्वान्दो टोली १२ वटा अन्तराष्ट्रिय अफिसियल पदक नेपालले जितेको छ जसमा एसियन च्याम्पियनसिपदेखि वर्ल्ड
च्याम्पियनसिप र एसियन पारा गेम्स देखि पारालिम्पिक सम्मको पदक छ ।
प्रतिक्रिया 4