News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल बक्सिङ महासंघले एसियाली यु–१९ तथा यू–२२ बक्सिङ च्याम्पियनसिपका पदक विजेतासहितको टोली मंगलबार स्वागत गरेको छ।
- महासंघका अध्यक्ष राम अवाले, तालिम तथा प्रशिक्षण विभागका प्रमुख विष्णुबहादुर सिंह र पदाधिकारीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।
- थाइल्यान्डको बैंककमा अगष्ट १ देखि ११ सम्म भएको प्रतियोगितामा अर्पिल रानाले यु–२२ पुरुष ५० केजी तौलसमूहमा कांस्य पदक जितेका छन्।
२७ साउन, काठमाडौं । नेपाल बक्सिङ महासंघले एसियाली यु–१९ तथा यू–२२ बक्सिङ च्याम्पियनसिपका पदक विजेतासहितको टोली मंगलबार स्वागत गरेको छ ।
नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले, तालिम तथा प्रशिक्षण विभागका प्रमुख विष्णुबहादुर सिंह, महासंघका पदाधिकारीलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
थाइल्यान्डको बैंककमा अगष्ट १ देखि ११ तारिखसम्म भएको प्रतियोगिताको यु–२२ उमेरसमूहको पुरुष ५० केजी तौलसमूहमा अर्पिल रानाले कांस्य पदक जितेको बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले जनाएका छन् ।
प्रतिक्रिया 4