+

तदर्थ समिति गठन भएको विषयमा ओलम्पिक कमिटीको ध्यानाकर्षण

२०८२ साउन  २८ गते १२:४१ २०८२ साउन २८ गते १२:४१
तदर्थ समिति गठन भएको विषयमा ओलम्पिक कमिटीको ध्यानाकर्षण

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल ओलम्पिक कमिटीले जीवनराम श्रेष्ठ अध्यक्ष रहेको कमिटीलाई मात्र आधिकारिक मान्यता दिएको छ।
  • पूर्व अध्यक्ष ध्रुव बहादुर प्रधानको अध्यक्षतामा २३ खेल संघहरूले तदर्थ समिति गठन गरेको दाबी गरेको छ।
  • नेपाल ओलम्पिक कमिटीले तदर्थ समितिले लेटरप्याड, लोगो र झण्डा अनधिकृत रूपमा प्रयोग गरेको आरोप लगाएको छ।

२८ साउन, काठमाडौं । नेपाल ओलम्पिक कमिटीको तदर्थ समिति गठन गरिएको विषयमा जीवनराम श्रेष्ठ अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटीले विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार २३ खेल संघहरूको भेलाले पूर्व अध्यक्ष ध्रुव बहादुर प्रधानको अध्यक्षतामा ओलम्पिक कमिटीको तदर्थ समिति गठन गरिएको भन्दै विज्ञप्ति सार्वजनिक गरेको थियो ।

त्यसपछि आफूहरुको ध्यानाकर्षण भएको भन्दै श्रेष्ठ अध्यक्ष रहेको ओलम्पिक कमिटीले बुधबार प्रेस विज्ञप्ति सार्वजनिक गरेको हो ।

‘अर्न्तराष्ट्रिय ओलम्पिक कमिटीको बडापत्र तथा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ दफा ३७ ले समेत एउटा देशमा एउटा मात्र ओलम्पिक कमिटी रहन सक्ने व्यवस्था गरेको छ । एउटा ओलम्पिक कमिटी हुँदा हुँदै केही अनाधिकृत व्यक्तिहरुको भेलाले तदर्थ समिति गठन गर्न सकिदैन । यस्तो भेलाबाट तदर्थ समिति गठन गर्दै जाने हो भने अनकेन तदर्थ समिति गठन हुन सक्छन् तर त्यस्ता कुनै पनि कमिटीहरु आधिकारिक रहन सक्दैन’ नेपाल ओलम्पिक कमिटीका महासचिव राजिव श्रेष्ठले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

यस्तै तदर्थ समितिले ओलम्पिक कमिटीको लेटरप्याड, लोगो, झण्ड अनधृकित रुपमा प्रयोग गरेको आरोप पनि लगाएको छ । ‘ नेपाल ओलम्पिक कमिटी तदर्थ समिति गठन गरिएको भनी जारी प्रेस विज्ञप्तिमा प्रयोग भएको लेटर प्याड यस नेपाल ओलम्पिक कमिटीको हो। लेटर प्याड मा प्रयोग ओलम्पिक रिङ्ग, लोगो अन्तराष्ट्रिय ओलम्पिक कमिटीको सम्पति हो। यसको प्रयोग अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको मान्यता प्राप्त आधिकारिक नेपाल ओलम्पिक कमिटीले मात्र प्रयोग गर्न पाइन्छ । तसर्थ नेपाल ओलम्पिक कमिटीको लेटर प्याड तथा रिङ्ग लोगो र ओलम्पिक झण्डाको प्रयोग अनाधिकृत रुपमा प्रयोग नगर्न सम्बन्धित सबैलाई यसै विज्ञप्ति द्वारा सूचित गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

जीवनराज श्रेष्ठको नेतृत्वमा रहेको ओलम्पिक कमिटीको कार्यसमितिलाई नेपाल सरकारले अवैधानिक भन्दै मान्यता दिएको छैन । सरकारकै समर्थनमा गठन भएको तदर्थ समितिले आउने भदौ १ गते ओलम्पिक कमिटी भवनबाट पत्रकार सम्मेलन गरेर तदर्थ समितिको बाँकी सदस्यहरुको नाम सार्वजनिक गर्ने जनाएको छ र आगामी तीन महिनाभित्र निर्वाचन गर्ने दावी गरेको छ । अर्कोतर्फ जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीहरुले आफूहरुलाई अन्तर्राष्ट्रिय दावी गर्दै अनत्र्राष्ट्रिय सहभागिता लगायत सबै काम आफूहरुले गर्ने भन्दै आएको छ । यसले गर्दा नेपाल ओलम्पिक कमिटीको विवादमा अझ नयाँ ट्विस्ट आएको छ । विगतमा जस्तै ओलम्पिक कमिटीमा दुई पक्ष देखिएको छ ।

ओलम्पिक कमिटी विवाद नेपाल ओलम्पिक कमिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय