+
+
Shares

तीन जना नेताको विरुद्धमा बोल्यो भने खैरियत छैन : अमरेश

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते १८:३४

२८ साउन, काठमाडौं । सांसद अमरेशकुमार सिंहले तीन जना नेताहरुको विरुद्धमा देशमा बोल्नै नहुने परिस्थिति सिर्जना गरिएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले तीन ठूला राजनीतिक दलका शीर्ष तीन नेताहरू (केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल)का विरुद्धमा बोल्नै नहुने स्थिति आएको बताए ।

तीन शिर्ष नेताहरुको बारेमा बोल्यो भने कोही अमरेश सिंह, कोही भीम रावल, कोही रवि लामिछाने र कोही रेशम चौधरी हुने उनको टिप्पणी छ ।

‘अहिले तीन जनाको विरुद्धमा बोल्यो भने त्यसको खैरियत छैन । तीन वटा ठूला पार्टीका जुन तीन टाउका छन् । बोल्यो भने त्यसलाई कोही अमरेश सिंह हुन्छ,’ उनले भने, ‘कोही भीम रावल हुन्छ । कति होलान्, होलान् । कोही रेशम चौधरी हुन्छ, कोही रवि लामिछाने हुन्छ । त्यसको दर्जनौं फेहरिस्त गराउन सकिन्छ । साइबर सेक्युरिटीले त्यसमा एउटा इँट्टा थप्ने काम गर्दछ ।’

सरकार शिक्षा, सञ्चार, स्वास्थ्यको विकासमा लाग्नुपर्ने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?