+

शानदार पुनरागमन गर्दै पीएसजीले जित्यो युइएफए सुपर कपको उपाधि

२०८२ साउन  २९ गते ७:१९ २०८२ साउन २९ गते ७:१९
शानदार पुनरागमन गर्दै पीएसजीले जित्यो युइएफए सुपर कपको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फ्रेन्च क्लब पीएसजीले युइएफए सुपर कप फुटबलको उपाधि जितेको छ।
  • पीएसजीले बुधबार राति टोटनहामलाई टाइब्रेकरमा हराएको हो।
  • निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि टाइब्रेकरमा बाजी मारेको थियो।

‍२९ साउन, काठमाडौं । फ्रेन्च क्लब पीएसजीले युइएफए सुपर कप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा इंग्लिस क्लब टोटनहामलाई टाइब्रेकरमा हराउँदै पीएसजीले उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि सिधै टाइब्रेकरमा धकेलिएको खेलमा पीएसजीले टाइब्रेकरमा बाजी मारेको हो ।

टाइब्रेकरमा पीएसजीका भिटिन्हाले एक प्रहार मिस गर्दा टोटनहामका मिकी भान डे भेन र माथिस तेलले प्रहार मिस गरे ।

त्यसअघि निर्धारित समयको खेलमा पीएसजीले २-० को अवस्थाबाट शानदार पुनरागमन गरेर खेल बराबरीमा ल्याएको थियो ।

३९औं मिनेटमा भान डे भेन र ४८औं मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै टोटनहामलाई २-० को अग्रतामा राखेका थिए ।

खेलको ८५औं मिनेटसम्म अगाडि रहेको टोटनहाम त्यसपछि सम्हालिन सकेन । ८५औं मिनेटमा ली काङ इनले गोल गरे ।

इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले गोल गरेपछि पीएसजी टोटनहामको जितमा बाधक बनेको थियो जसपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

पीएसजी गत सिजनको च्याम्पियन्स लिग विजेता हो भने टोटनहाम यूरोपा लिग विजेता हो । यी दुई प्रतियोगिताको विजेताका बीचमा सुपर कप हुने प्रावधान छ ।

टोटनहाम पीएसजी युइएफए सुपर कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय