+
+
Shares

युनिलिभर नेपालको वार्षिक प्रतिसेयर आम्दानी २,१३१ रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते ९:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युनिलिभर नेपालको गत आर्थिक वर्षको खुद नाफा १ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ।
  • कम्पनीको कुल बिक्री आम्दानी ८ अर्ब २४ करोड रुपैयाँ र कुल खर्च ५ अर्ब ९८ करोड रुपैयाँ छ।
  • प्रतिसेयर आम्दानी २ हजार १३१ रुपैयाँ र सेयर मूल्य प्रतिकित्ता ४७ हजार रुपैयाँ रहेको छ।

२९ साउन, काठमाडौं । सेयर बजारमा सबैभन्दा महँगो मूल्य रहेको युनिलिभर नेपालको नाफा सामान्य बढेको छ ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा १ अर्ब ९६ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा १ अर्ब ९५ करोड रुपैयाँ थियो ।

कम्पनीको बिक्री आम्दानी सामान्य बढ्दा नाफामा पनि सोअनुसार प्रभाव परेको देखिन्छ । अघिल्लो आर्थिक वर्ष कुल बिक्री आम्दानी ८ अर्ब २३ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ८ अर्ब २४ करोड रुपैयाँ छ ।

कुल खर्च घटाउन कम्पनी सफल भएको छ । कुल खर्च अघिल्लो आर्थिक वर्षमा ६ अर्ब ८ करोड रहेकोमा गत आर्थिक वर्ष ५ अर्ब ९८ करोड रुपैयाँ छ ।

बजारमा सूचीकृतमध्ये यस कम्पनीको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै छ । गत आर्थिक वर्ष प्रतिसेयर आम्दानी २ हजार १३१ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ ५ हजार ६६५ रुपैयाँ छ ।

बजारमा सेयर मूल्य प्रतिकित्ता ४७ हजार रुपैयाँ छ । कम्पनीले विभिन्न किसिमका साबुन, स्याम्फु, कस्मेटिक सामान उत्पादन तथा बिक्री गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?