+
+
Shares

युनिलिभर नेपालको नाफा ४३ प्रतिशत घट्यो, प्रतिसेयर आम्दानी १ हजार ८८४ रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २८ गते ८:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युनिलिभर नेपालको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक खुद नाफा ४३ प्रतिशत घटेर ३० करोड रुपैयाँ पुगेको छ।
  • कम्पनीको बिक्री/सञ्चालन आम्दानी घटेर २ अर्ब रुपैयाँमा सीमित हुँदा नाफामा असर परेको छ।
  • प्रतिसेयर आम्दानी ३२६ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ६ हजार ३ रुपैयाँ पुगेको छ।

२८ कात्तिक, काठमाडौं । युनिलिभर नेपालको खुद नाफा ४३ प्रतिशत घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ३० करोड रुपैयाँ छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ५२ करोड ६९ लाख रुपैयाँ थियो । कम्पनीको बिक्री/सञ्चालन आम्दानी घट्दा नाफामा असर परेको छ । यस्तो आम्दानी गत आवको पहिलो त्रैमासमा २ अर्ब २५ करोड रुपैयाँ रहेकोमा अहिले २ अर्बमा खुम्चिएको छ ।

कम्पनीको कुल खर्च सामान्य बढेको छ । यस्तो खर्च पहिले १ अर्ब ६३ करोड रुपैयाँ रहेकोमा अहिले १ अर्ब ६६ करोड रुपैयाँ छ । कच्चा पदार्थको लागत महँगिदा कुल खर्च बढेको देखिन्छ ।

नाफा घट्दा प्रतिसेयर आम्दानी पनि घटेको छ । पहिलो त्रैमासको मात्रै कम्पनीको प्रतिसेयर आम्दानी ३२६ रुपैयाँ छ भने वार्षिक प्रतिसेयर आम्दानी १ हजार ८८४ रुपैयाँ छ । गत वर्षको यसै अवधिमा वार्षिक प्रतिसेयर आम्दानी २ हजार ९६ रुपैयाँ थियो ।

कम्पनीको प्रतिसेयर नेटवर्थ बढेको छ । प्रतिसेयर नेटवर्थ पहिले ५ हजार ८३६ रुपैयाँ रहेकोमा अहिले ६ हजार ३ रुपैयाँ छ । चुक्ता पूँजी जम्मा ९ करोड २१ लाख रुपैयाँ रहेको यस कम्पनीको सञ्चित आम्दानी ५ अर्ब ४३ करोड रुपैयाँ छ । सेयर बजारमा यस कम्पनी सबैभन्दा मूल्यवान हुँदै आएको छ । हाल सेयर मूल्य प्रतिकित्ता ४६ हजार ५ सय रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?