News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले टप एण्ड टी-२० सिरिजपछि २६ देखि ३० अगस्टसम्म पाँच अभ्यास खेलहरू खेल्नेछ।
- नेपालले २६ अगस्टमा एसीटीसँग दुई खेल, २८ र ३० अगस्टमा साउथ अष्ट्रेलियासँग दुई खेल र एक वान डे म्याच खेल्नेछ।
- नेपाल क्रिकेट संघले बिहीबार विज्ञप्ति जारी गरेर अभ्यास खेलहरूको जानकारी गराएको हो।
२९ साउन, काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले टप एण्ड टी-२० सिरिज समाप्त भएपछि थप पाँच अभ्यास खेलहरू खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार एक विज्ञप्ति जारी गरेर नेपालले थप अभ्यास खेलहरू खेल्ने जानकारी गराएको हो ।
यो तयारी शृंखला अन्तर्गत नेपालले २६ देखि ३० अगस्टसम्म एसीटी र साउथ अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।
नेपालले २६ अगस्टमा एसीटीसँग २ खेल खेल्नेछ भने २८ अगस्टमा साउथ अष्ट्रेलियासँग २ खेल खेल्नेछ । त्यस्तै ३० अगस्टमा साउथ अष्ट्रेलियासँग वान डे म्याच खेल्नेछ ।
टप एण्ड टी-२० सिरिज आजदेखि सुरु हुँदैछ । नेपालले आफ्नो पहिलो खेल भोलि खेल्दैछ ।
प्रतिक्रिया 4