+
+
Shares

तनहुँको डुम्रेमा बस र माइक्रोबस ठोक्किए, ११ जना घाइते

सविन लामिछाने सविन लामिछाने
२०८२ साउन २९ गते १८:०५

२९ साउन, तनहुँ । तनहुँको डुम्रेमा बस र माइक्रोबस एक आपसमा ठोक्किएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत बन्दीपुर गाउँपालिका–४ डुम्रे नजिकै बस र माइक्रोबस ठोक्किएका हुन् ।

दुर्घटनामा परेर ११ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।

गम्भीर घाइतेहरूको मोति क्लिनिकमा उपचार भइरहेको छ भने बाँकी ९ जनाको डुम्रेको लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ ।

बागमती प्रदेश ०१–००६ ख ६५०३ नम्बरको माइक्रोबस काठमाडौंबाट दमौलीतर्फ आउँदै थियो भने विपरीत दिशाबाट आउँदै गरेको ग १ ख ७३२९ नम्बरको बससँग ठोक्किएर उक्त दुर्घटना भएको  हो ।

प्रहरीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

लेखक
सविन लामिछाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?