+
+
Shares

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते १९:३२

२९ साउन, काठमाडौं । कारागार व्यवस्थापन विभागका महानिर्देशक एवं सहसचिव नारायण प्रसाद भट्टराईको सरुवा भएको छ ।

उनलाई गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सरुवा गरेर निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ ।

कारागार व्यवस्थापन विभागको महानिर्देशकमा भने सहसचिव लिला प्रसाद शर्मालाई पठाइएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

पछिल्लो समय कारागारमा विभिन्न घटनाहरू घट्न थालेका छन् । कैलाली कारागारमा भएको झडपपछि त्यहाँका सीडीओलाई पनि गृह तानिएको छ ।

देशका अन्य कारागारमा पनि कैदीबन्दी भाग्ने, झडप हुने लगायतका घटना घटिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?