
२९ साउन, काठमाडौं । अक्षरा स्कुलले ‘थिएटर इन एजुकेसन’ कार्यक्रमअन्तर्गत दोस्रो राष्ट्रिय विद्यालयस्तरीय नाटक महोत्सवको तयारी पूरा गरेको जनाएको छ ।
आगामी भदौ २ देखि ६ गतेसम्म पिङ्गलास्थानस्थित स्टुडियो थिएटरमा हुने पाँचदिने महोत्सवमा देशभरका १५ विद्यालय सहभागी हुनेछन् ।
संस्थापक निर्देशक अन्जु भट्टराईका अनुसार नाट्यकला र शिक्षाको संयोजनमार्फत विद्यार्थीमा आत्मविश्वास, सिर्जनशीलता, संवादकला र समूहमा काम गर्ने क्षमता विकास गर्ने उद्देश्य महोत्सवको रहेको छ ।
महोत्सवका निर्देशक टंक चौलागाईंले अनुभवी रंगकर्मीका नाटक एउटै मञ्चमा हेर्न पाइने अवसर विद्यार्थीका लागि उत्साहजनक हुने बताए ।
विद्यालयहरूले सामाजिक मुद्दा, वातावरण संरक्षण, समानता, बालअधिकार र धर्म–संस्कृति संरक्षणलगायत विषयमा मौलिक तथा रूपान्तरित नाटक मञ्चन गर्नेछन् । रामबाबु रेग्मी, दीपा बस्नेत, प्रभाकर न्यौपाने, मञ्जु गिरी, पुष्पराज अवस्थी, प्रतीक दुलाललगायत १५ जना अनुभवी रंगकर्मी निर्देशनमा नाटक प्रस्तुत हुनेछन् ।
यसअघि पहिलो संस्करण लालाबालाले आयोजना गरेको थियो भने यसपटक अक्षरा स्कुल आयोजक बनेको छ ।
प्रतिक्रिया 4