+
+
Shares

प्रधानन्यायाधीश एक्लैले न्यायाधीश नियुक्त गर्न नसक्ने रहेछ : राउत

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते २१:२०

२९ साउन, काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आफू एक्लैले सबैको चित्त बुझाउन नसक्ने भन्दै गुनासो पोखेका छन् । राष्ट्रिय न्यायिक प्रतिष्ठानले पत्रकारहरूसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने क्रममा उनले यस्तो गुनासो गरेका हुन् ।

न्यायाधीश नियुक्ति पनि आफू एक्लैले गर्न नसकिने उनले बताएका छन् ।

‘प्रधानन्यायाधीशले मात्रै न्यायाधीश नियुक्त गर्न नसक्ने रहेछ । न्यायपरिषद्मा रहेका ५ जना सहमति र समन्वयमा नियुक्ति गर्नुपर्छ, समय लाग्ने रहेछ,’ राउतले भने ।

तैपनि तीनवटै तहमा लगभग न्यायाधीशहरू नियुक्त भइसकेको उनको भनाइ थियो । सीमित संख्याको पदले मात्रै नेपाल बार एशोसियसनको आकांक्षा पूरा गर्न नसकिने प्रधानन्यायाधीश राउतको भनाइ थियो ।

‘प्रधानन्यायाधीश एक्लैले सबैको चित्त बुझाउन सक्दैन । सबै न्यायायलको हुर्मत लिनेगरी आउँछन्, बोलिदिने कोही छैन,’ उनको गुनासो छ ।

पछिल्ला वर्षहरूमा अदालतमा मुद्दा बढेको बताउँदै त्यसलाई उनले अदालतप्रति जनविश्वास बढेको सूचकको रुपमा लिएको बताए ।

‘तर अदालतको हुर्मत लिनेगरी सूचना सम्प्रेषण नहोस्,’ प्रधानन्यायाधीश राउतले भने, ‘६० वर्ष नाघेका न्यायाधीश १६–१८ घण्टा काम गरेका छन् । यो कुरा हेक्का राख्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?