+
+
Shares

खेलकुद आयोजना गर्नु सक्नुहुन्न भने खेलाडीबाट किन अपेक्षा राख्ने ?  

सन्तोषी श्रेष्ठ, ओलम्पियन,एथ्लेटिक्स खेलाडी सन्तोषी श्रेष्ठ, ओलम्पियन,एथ्लेटिक्स खेलाडी
२०८२ साउन ३० गते १३:३५

दशौँ राष्ट्रिय खेलकुद २०८१ मंसिरमै हुने भने तोकिएको थियो । त्यो समयमा भएन । त्यसपछि दुई पटक मिति तोक्दा पनि भएन । अहिले त मिति नै घोषणा भएको छैन र अन्योलको स्थिती छ । यस्तो अवस्थामा हामी खेलाडीहरुलाई कस्तो अनुभव होला ? त्यसको अनुभव पक्कै राम्रो हुँदैन ।

म लगायत मेरो साथी खेलाडीलाई कस्तो अनुभव हुन्छ भने हामी जे कुराका लागि हामीले तयारी गरेकोत्यही कुरा नै भएन भने आफैँ पनि कल्पना गर्नुस् न कस्तो होला ।

यो कुरा प्राप्त गर्दैछु भनेर दिन-रात नभनी मिहिनेत गरेको हुन्छ तर त्यहाँ पुग्ने बेला त्यो कुरा छैन। अन्तिममा छैन भन्ने कुरा त्यहाँ पुग्नेबला थाहा भएपछि कस्तो होला ?

खेल युवाहरुले खेल्ने हो । उमेरले खासै असर त नगर्ला तर खेल उमेर अनुसारको खेल्ने हो । जसले प्रदर्शनमा असर वा प्रभाव पार्छ ।

उमेरले केही असर त गर्दैछ तर प्रदर्शनमा प्रभाव गर्छ नि कस्तो खालको प्रदर्शन दिने भनेर ।

भनेपछि उच्च (उत्कृष्ट) प्रदर्शन गर्ने यति छोटो समय हुन्छ । कति खेलहरुको अझै यही उमेरमा मात्र भन्ने हुन्छ । खेल अनुसार, इभेन्ट अनुसार फरक होला । फिजिकल फिटनेसले असर गर्छ । हामीले खेल विज्ञानलाई साइन्स पालना गर्नुपर्छ, वास्तविकतामा जानुपर्छ ।

अर्को कुरा हामीलाई खेल्न तयारी गर्नका लागि यति छोटो समय हुन्छ नि । यो हुँदैछ भनेर हामीले तयारी गरिराछौँ । त्यो नहुँदा आत्मविश्वास नै घट्छ । त्यति मात्र होइन अझ आफैँप्रति आत्मग्लानी हुन्छ कि मैले कस्तो पेशा रोजेछु, जुनमा काम देखाउनै सकिँदैन । जुनले आफूले अनेको अनुसार गर्नै सक्दैन । ठिक छ अरु खेल्न जाने पाउने सुविधा त छाड्दिनुस्, अवसर देखाउँछु भनेर देखाउने ठाउँ पनि पाउँदैन । जसले गर्दा विदेश पलायन हुने भन्ने एउटा कारण त्यो पनि होला । विदेश पलायन हुने भन्ने त धेरै परको कुरा भयो होला । यहाँ त प्रतिभाहरु नै मारिराछ । कति प्रतिभाहरु आउँथे होला नै । अब त साना नानीहरु नै वयस्क भए, वयस्क बुढा भए । कसले कसरी प्रदर्शन गर्ने ? उहीहरुले के हेरेर आउने ?

स्कुल स्तरदेखि नै ग्रासरुट स्तरदेखि नै खेलकुद हुनुपर्छ भनिन्छ । प्रतियोगिता नभएपछि, उनीहरु के हेरेर आउने ? प्रतियोगिता नभएपछि ग्रासरुट लेभलदेखि नै खेलाडी विकास भएन । एकै पटक सिनियरमा प्रदर्शन गर्दा नतिजा राम्रो आउँदैन । अन्तर्राष्ट्रिय पदक आउँदैन ।

खेलकुद देशको चिनारी हो । अन्तर्राष्ट्रिय पदक चाहिन्छ भने स्थानीय स्तर र राष्ट्रिय स्तरमा इभेन्टहरु हुनुपर्छ । बृहत राष्ट्रिय खेलकुद २-२ वर्षमा हुनपर्छ भनेर घोषणै भइसकेपछि हुनैपर्‍यो । अर्को कुरा राष्ट्रिय प्रतियोगिताहरु वार्षिक रुपमै हुनुपर्छ ।

अहिले त देश नै संघीयतामा गाछ । सबैले आ-आफ्नो कामहरु किन नगरेको होला ? यदि गर्नुहुन्न भने उहाँहरुले खेलाडीबाट किन अपेक्षा राख्ने त ?

हामीले गर्ने र देखाउने भनेकै खेलमा हो । आफूले गर्ने र देखाउने ठाउँ नभइसकेपछि कति प्रतिभा छ, केमा माथि छ, के कमजोरी छ, भन्ने थाहा पनि भएन । अर्को कुरा दिनरात मिहिनेत केका लागि र किन गर्ने भन्ने प्रश्न आउँछ । यदि नहुने भन्दियो भने एक खालको मानसिकता तयार हुन्छ । तर हुने-हुने भनेर झुलायो अनि नहुने हुँदा आघात पर्छ ।

हुने-हुने भन्दै झुलाउँदै सार्दा के हुन्छ भने त्यसको असर प्रशिक्षण र खेलमा पर्छ । जस्तै म एथ्लेटिक्सको भएँ । अरु खेलको पनि फरक हुन्छ । सधैँ एउटै स्तरमा प्रशिक्षण गर्नु हुँदैन । यदि प्रदर्शन राम्रो दिने हो प्रशिक्षणहरु पनि फरक हुन्छ । सधैँ कडा खालको प्रशिक्षण गर्नु भनेको खेलाडीका लागि करियरको लागि घाटा हो । भनेपछि हामीले एउटा योजना अनुसार तयारी र प्रशिक्षण गर्नुपर्ने हुन्छ ।

खेल हुन्छ रे मंसिरमा भनेर त्यही अनुसार हामीले तयारी गर्यो । हामी आफ्नो उच्च स्तरमा बस्छौँ नि त । हुँदैन भनेपछि त हाम्रो समय उर्जा मात्र खर्च भएन कि हाम्रो जीवन नै खर्च हुन्छ ।

तयितेखेर देखाउन पाएन भने हामीले राम्रोसँग आफूलाई सम्हाल्नपनि सक्दैनौँ । हाम्रो दिमाख र शरीरले रियाक्ट गर्न पाउन । दिमाख, वास्तविकता, विज्ञान र तथ्याङ्कहरु सबैलाई हेर्दा त्यसरी गर्दा झन् खतरा हुन्छ ।

जस्तै उदाहरणको लागि हामी उता पर पुग्नुछ । मानौँ सुरुमा हामी २०० मिटरको सुरुमा यात्रा गर्दैछौँ भने १०० मिटरमै एउटा ब्लक आयो भने हाम्रो त त्यहाँ स्टप भयो । बरु नगएको भए सुरक्षित हुन्थ्यौँ । तर त्यहा गएपछि एक्सिडेन्ट(दुर्घटना) हुन्छ । त्यहाँ रोकिने मात्र भएन कि कोल्याप्प नै हुन्छ । त्यो कुरा बुझ्नुपर्छ ।

मलाई धेरै थाहा छैन । मैले हाम्रो खेलाडीले सोच्न सक्ने कुरा मात्र भन्न सक्छु । किनभने किन दशौँ खेलकुद भइराको छैन? आन्तरिक विवाद के हो? के चाहिराछ? थाहा छैन । तर गर्ने भनेपछि गर्ने हो । को छ त नेतृत्वमा । नेतृत्वमा को छ उनीहरुले किन आदेश दिँदैन? आ-आफ्नो शक्ति र पोजिसन छ भने किन प्रयोग गरिराको छैन त?

गर्ने भनेपछि गर्ने नि त । त्यहाँनिर के खोजिराछ भन्ने हामी सबैलाई एउटा प्रश्न आइरहेको छ । त्यो प्रश्नले पनि हाम्रो उर्जा खाइराछ ।

अनी अर्को कुरा विदेश पलायनको कुरा गर्दा म देशको लागि खेल्छु भन्छ कोहीले । म आफ्नै लागि खेल्ने हो । देश भनेको पछाडी आउँछ । समाज भनेको पछाडी आउँछ । खेल्छु-खेल्छु भनिरहँदा खेरी देशको लागि सम्म सोच्ने बेला नआउँदै उहाँहरुले आफ्नो लागि नसोच्न नै बाध्य बनाइसकेको स्थितीमा पुर्‍याइदेको छ । अनी कसरी देशको लागि, परिवारर समाजका लागि त कसरी सोच्ने? जहाँ आफ्नो लागि सोच्न नसक्ने स्थितीमा पुर्‍याइदेको छ । त्यस्तो कुरा छ । यो कुरा हामी खेलाडीले भनिरहनुपर्छ भन्ने जस्तो लाग्दैन र कसैलाई थाहा नभएको कुरा हामीले भनिरहेको पनि होइन । यो सबैलाई थाहा छ । सबै कुरा थाहा छ । थाहा हुँदा पनि किन छैन त खेल? त्यही भएर म भन्छु हामी चाँही विदेशको हेर्छौँ माथिको कुरा सोच्छौँ । अनी के गर्छौँ खतरा खतरा कुरामा ध्यान जान्छ । तर सानो कुराका हामी किन ल्याक भइराछ त ।

त्यता चाँही ध्यान दिँदैन । सामान्य कुराहरुबाट सुरुवात गर्नुस् न । हामीलाई त त्यस्तो ठूला कुरा पनि चाहिँदैन । हामीले मागेको छैन । अहिले ठूलो कुरा चाहिदैन नै भन्छु म त  । पहिला सामान्य सुविधाहरु दिनुस् । अवसरहरु दिनुस् । त्यही अनुसार खेलाडीलाई बायस र ह्यारेसमेन्ट नगरिदिनुस् । त्यसपछि खेलाडीले आफैँ प्रदर्शन दिन्छौँ । अरु सुविधा भनेको खेलाडीले म्याग्नेटिक रुपमा तान्दै ल्याउँछ अरु अवसर । त्यसमा हजुरहरुले अली उचाईमा पुग्न पहल गरिदिने मात्र हो । त्यस्तो ठूलो बजेट सोच्नु जरुरी छैन अहिलेलाई । किनभने केही नहुन भन्दा केही हुनु बेस हो । तर केही छैन । म पुग्ने गन्तव्य चाही राम्रो छ तर त्यहाँ पुग्ने पुग्नको लागि साधन नै छैन । त्यहाँ पुग्न बाटो नै बनाएको छैन भने त्यो ठाउँमा जति नै हाई-फाई, लक्जरियस बनाइदिए पनि मलाई के काम त्यहाँ पुग्ने बाटो छैन भने । त्यसैले मलाई त्यस्तो लाग्छ । यसले गर्दा विदेश पलायन छ नै ।

अर्को कुरा नयाँ आउने युवाहरु पनि आएर विकास हुनुअघि मरिरहेका छन् । अनी हामी आइराको छ नि । म पनि यो ठाउमा हुन्थेनहोला, राम्रो अवसरहरु भाको भए । देखिन्छ रोड रेसहरु कति खेलेको छ । त्यो हो त मेरो इभेन्ट र प्रदर्शन त्यो होइन नि त । त्यहाँ ट्रयाक रेसहरु कति पाए त?

५-६ वर्षमा एउटा अवसर आउँछ त्यहाँ हामीलेउत्कृष्ट प्रदर्शन दिनुपर्ने र!अझ दिइ पनि राछौँ । त्यो त हुँदैन नि । प्रदर्शनको निर्धारण पनि एउटैमा हुने भयो । त्यो गर्नुभएन ।

अरुले विश्वस्तरमा कीर्तिमान बनायो, के भनेरभन्छन् । तपाईँहरु त्यहाँको लगानी पैसा सेवा र सुविधालाई त अलग्गै राखिनिदुन त्यो त हामीले भेट्न नि सक्दैन । उनीहरुले कति अवसर पाछन् । कतिपटक हारेका छन् । कतिपटक डिएनएफ(पूरा गर्न नसक्नु) गरेका छन् । कतिपटक डिएनआई (सुधार गर्न नसक्नु) गरेको छ । कति पटक उनीहरुले नराम्रो समय कुदेको छ । छ नि त । एक सयमा उनीहरुले दुई वटामा देखाउँछ  । अनी वाउ! भन्ने हुन्छ । तर कति पटक असफल भाको हुन्छ । हामीलाई त फेइलर(असफल) हुने मौका पनि छैन । पदकको कुरा छाडौं हामीलाई असफल हुने मौका पनि दिएको छैन क्या ।

हामी आफैँले आफैँलाई के भन्ने । मानिसहरु जीन्दगी देखेर आत्महत्या गर्छ नि । एकदमै जिन्दगी देखी हार मान्ने मौका दिएकै छैन । सिधै ‘सुसाइडल फेज’मा पुराइदेको छ जस्तो लाग्छ ।

अनी सुविधा दिनुस् पैसा दिनुस् भन्ने कुरा त आश नै मार्न छाडिसक्यौँ । त्यो हामीलाई अवसरहरु मात्र दिनुस् । त्यो पनि ह्यारेसमेन्ट र बायस नगरीकन है । कोही राम्रो छ भने राम्रो छ नराम्रो छ भने नरामरो छ । सबैलाई समान अवसर दियो भने सबैले राम्रो गर्न सक्छ । हामीलाई सिधै यस्तो अवस्थामा पुराको छ कि हामी सफल हुनुअघि असफल भएर सिक्ने अवस्था पनि छैन ।

दशौँका लागि तयारी मात्र गरेको थिएन क्या । देशमै खेल्ने देशमा खेलाउने गेम भनेपछि पहिलो प्राथमिकता दिनुपर्छ । आफ्नो काममा इमानदार भएर देशप्रति बफादार हुने हो भने हामीले पनि त्यसरी सोचेको हुन्छ । हामी सिधै देशकै लागि भनेर जिन्दगी दिएको त हुँदैन इमानदार भएर भन्दा आफ्नो लागि खेल्ने हो  । प्राथमिकताको आधारमा चाँही देशमा हुने गेम पहिला सोचिन्छ । मेरो देशमा यो खेल हुँदैछ भनेर । मैले अरु अवसरलाई छोड्नुपर्छ । कतिलाई अवसर होला  ।अवसर पाउनेलाई पनि समस्या छ नपाउनेलाई पनि समस्या छ । । नपाउनेलाई देखाउने ठाउँ नै छैन ।

पाउनेलाई यो छ है अवसर भनेर उता तिर प्रस्ताव गर्‍यो ।बरु त्यो प्रस्ताव नगरेको भए यता राम्रो हुन्थ्यो कि ।

त्यही भएर खेलकुदको क्यालेन्डर (तालिका )बनाएर जानुपर्छ । क्यालेन्डरको आधारमा जाँदा त मंसिरको २ गते खेलकुद हुने फागुनमा यो खेल हुने भने हामीले पनि रेस हरुको तालिका मिलाउने मौका पाउँछ । त्यसपछि यो खेलमा यसरी खेल्ने भनेर योजना बनाएपछि खेलमा त्यही अनुसारको प्रदर्शन हुन्छ । क्यालेन्डरको आधारमा भयो भने विदेशबाट आएको अवसरहरु पनि के खेल्ने, कताको अवसर लिने भन्ने सबै कुरा मिलाएर जान सकिन्छ ।

अहिले त के छ भने तयो योजना पनि छैन । मैले बाहिर खेल्न स्वीकार गरेँ भने यता अस्वीकृत हुने हो कि । बाहिर अस्विकार गरेँ भने फेरि यता केही नहुने हो कि ।

त्यस्तो हुँदा खेल भन्दा बाहिरि कुरा धेरै सोच्नुपर्‍यो।सिधै असर परेको भनेको यो खेल हुन्छ भनेर अरु छोड्दै-छोड्दै जाँदा जिन्दगीमा समयहरु गइराको छ । सबै कुराहरु छुटिसक्यो । आफू जहाFको त्यहीँ मात्र होइनकि त्यो भन्दा तल-तल दबिएको छ ।

मेरो मात्र केस होइन । अरु सबै खेलाडी, समूहगत खेल, व्यक्तिगत खेल सबैमा नै यस्तै समस्या छ । अरु कति खेलाडीहरु म सँग आएर भन्छन् । दिदी म यो पढिराको छु । बाहिर छात्रवृत्को अवसरआछ । मलाई एकपटक राष्ट्रिय खेलकुद खेल्ने धोको थियो । मेरो यस्तो लयमा आइराछ हेर्नु न दिदी खेल नै भइदेन । अब म के गर्नु । मैले केही गर्न सक्दिन उनीहरुलाई । म पनि त्यही अवस्थामा छु भने । त्यो हिसवाले कोही खेलाडीले यसरी खेल्यो भने आलोचना गर्नुहुन्छ । उनीहरुले अवसर नै नपाएको बेलामा कुन चाँही खेलबाट कुन अलमा छनोट गर्छ थाहा हुँदैन । भनेपछि हामीले सबै भएभरको खेल खेल्नुपर्ने बाध्यता पनि छ । मेरो व्यक्तिगत कुरा गर्दा मलाई स्थानिय तह र कर्पोरेट हाउसले केही सहयोग गरेको छ । नभए म पनि पहिल्यै पलायन भइसक्थेँ । अब हुन्छ कि त्यो पनि थाहा छैन । हु नोज(के थाहा) । मुख्य कुरा भनेको क्यालेन्डरको आधारमा खेलकुद बनाउनुपर्छ ।

अब क्यालेन्डर भन्नुहोला । त्यसको पनि लागु हुनुपर्‍यो ।

दशैँ राष्ट्रियको कुरा त नवौँमै घोषणा भएको थियो । क्यालेन्डर त एउटा गेमको त्यही बेला बनेको थियो । भनेपछि क्यालेन्डर पनि बनाउनुपर्‍यो,खेलकुदघोषणा पनि गर्नुपर्‍यो । तर त्यसलाई जसरी पनि हुरि बतास आओस् आयोस गर्नुपर्‍यो । त्यो ब्रिगेर प्राकृतिक प्रकोप कोरोना भूकम्प आयो भने त रोकिन्छ । त्यो बाहेक अरु कुराले रोकिनुपर्छ वा आफ्नो स्वार्थले गर्दा रोकिने हो भने म मान्दै मान्दिन । यदी त्यस्तो हो भने उहाँहरुले घोषणा गर्नुहोस् ५ वर्षमा एक पटक गर्ने भनेर । घोषणा गरेको कुरा सबैजनाले गरिहाल्नुस् । व्यक्तिगत स्वार्थ फाइदा हेर्नुस् बरु तर अरुलाई असर नगर्ने गरी हेर्नुस् । फाइदा नहेर्नुस् भनेर सम्भव नै भएन यो देशमा । तर अरुलाई हसर नगर्नुस् । देखाउने काम पनि कसैले नगर्नुस् भन्न चाहन्छु ।

अरु प्रधानमन्त्री देखि सबैले गर्नुस् भन्ने कुरा छ । त्यसको चासो त लाग्छ तर चासो दिएर पनि मैले ठ्याक्कै जवाफ पाउँदिन । हामीले भनेको कुरा सही नहुन पनि सक्छ । हामीलाई त्यो कुरा थाहा पनि हुन्न। थाहा दिनु पनि जरुरी छैन । हामीलाई खेल गराइदिए पुग्छ ।

तर मेरो विचारमा के लाग्छ भने दशौँ राष्ट्रिय खेलकुद नहुनु व्यक्तिगत स्वार्थै हो कि जस्तो लाग्ने । किनभने एक जनाले मात्र गर्ने होइन । यहाँ त चरण, चरण छ । कुराहरु नमिलिराको हो कि । उहाँहरुले आफूले भनेको केही कुरा नमिलेर व्यक्तिगत स्वार्थको लागि हजारौँ होइन यो करोडौँमा असर पार्ने कुरा हो । त्यसैले केही सामान्य व्यक्तिगत कुराले करोडौँमा असर पररा जस्तो लाग्छ ।

म जहिले पनि सकरात्मक सोच राख्ने आशावादी हुने मान्छे हो । दशौँ होस् भनेर आश गर्छु । इमानदार भएर भन्दा मंसिरमा हुन्छ भनेर म शतप्रतिशत पक्का त छैन । २०८२ साल सम्म सम्भावना देख्छु । छिटै हुन्छ भन्नेमा भन्नै नसक्ने स्थितीमा छु किनभने गेस गर्दा गर्दा असफल भइसक्यो । केही पनि राय नै छैन कहिले हुन्छ भनेर ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?