+

एएफसी यू-२३ एसियन कप छनोटका लागि नेपालको अन्तिम टोली घोषणा

२०८२ साउन  ३० गते १९:१९ २०८२ साउन ३० गते १९:१९
एएफसी यू-२३ एसियन कप छनोटका लागि नेपालको अन्तिम टोली घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघले आगामी सेप्टेम्बर ३ देखि ९ तारिखसम्म ताजिकिस्तानमा हुने एएफसी यू–२३ एसियन कप छनोट खेल्ने २३ सदस्यीय अन्तिम नेपाली यू२३ टोली घोषणा गरेको छ।
  • नेपालले समूह के मा आयोजक ताजिकिस्तान, सिरिया र फिलिपिन्ससँग खेल्नेछ र टोलीमा राष्ट्रिय टिमका मिडफिल्डर आयुष घलान र सुमित श्रेष्ठ समावेश छन्।
  • टोलीमा गोलकिपर, डिफेण्डर, मिडपिल्डर र फरवार्ड गरी विभिन्न खेलाडीहरू रहेका छन् जसमा कृशल मोक्तान, विवेक गुरुङ, अभिषेक स्याङ्तान र रोहन खड्गी प्रमुख छन्।

३० साउन, काठमाडौं । आगामी सेप्टेम्बर ३ देखि ९ तारिखसम्म ताजिकिस्तानमा हुने एएफसी यू–२३ एसियन कप छनोट खेल्ने अन्तिम नेपाली यू२३ टोली घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार छनोटका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।

राष्ट्रिय टिमका मिडफिल्डर आयुष घलान र सुमित श्रेष्ठलाई समावेश गर्दै अन्तिम टोली चयन गरिएको हो । आयुष घलान बंगलादेश प्रिमियर लिग फुटबल खेल्न बंगलादेश गएका छन् ।

छनोटमा समूह के मा रहेको नेपालले आयोजक ताजिकिस्तानसँगै सिरिया र फिलिपिन्ससँग खेल्नेछ ।

नेपाली टोली :

गोलकिपर : कृशल मोक्तान, अमित टमाटा, विशाल केसी

डिफेण्डर : विवेक गुरुङ, बिशाल नेपाली, लाहन सुब्बा, निग्मा लामा, राम थापा, शंकर थारु, सेमान्ता थापा

मिडपिल्डर : अभिषेक स्याङ्तान, आयुष घलान, एरोन थापा, निराज कार्की, दिपेश गुरुङ, कृतीश रत्न चुन्जु, पुजन थापा, संजीव लामा, सन्तोष खत्री, सुजन मगर, सुमित श्रेष्ठ

फरवार्ड : रोहन खड्गी, निराजन धामी

एएफसी यू–२३ एसियन कप छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय