+
+
Shares

पद्मकन्यामा पीके मेला, विद्यार्थीदेखि महिला संघसंस्थाका उत्पादन स्टलमा (तस्वीरहरू)

कलेजका विद्यार्थीदेखि विभिन्न संघसंस्थाका उत्पादन प्रदर्शनी गर्दै मेला आयोजना गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १ गते १४:०५

१ भदौ, काठमाडौं। पद्मकन्या क्याम्पसले ७५औँ वार्षिकोत्सवको अवसरमा पद्मकन्या मेला आयोजना गरेको छ ।

कलेजका विद्यार्थीदेखि विभिन्न संघसंस्थाका उत्पादन प्रदर्शनी गर्दै मेला आयोजना गरेको हो ।

आइतबार बिहान ८ बजेबाट सुरु भएको पीके मेला बेलुका ४ बजेसम्म चल्नेछ। यो एकदिने मेलामा ६५ वटा स्टलहरू राखिएका छन् ।

स्टलमामा विद्यार्थी र महिला सङ्गठनका उत्पादनहरू प्रदर्शन गरिएको छ। साथै, क्याम्पसका शैक्षिक कार्यक्रमको जानकारी दिने कक्षहरू पनि राखिएका छन् ।

यो मेला महिला सशक्तीकरणलाई प्रोत्साहन गर्न र क्याम्पसका शैक्षिक कार्यक्रमहरू चिनाउन आयोजना गरिएको क्याम्पस प्रमुख प्रा.डा. जयलक्ष्मी प्रधानले बताइन् ।

‘हामीले यो मेला महिला सशक्तीकरणको अर्थ देखाउन र हाम्रा शैक्षिक कार्यक्रमहरूबारे जानकारी दिन आयोजना गरेका हौँ,’ उनले भनिन्, ‘सहभागीको संख्या बढ्दै जाँदा खुसी छौँ ।’

हेर्नुहोस् थप तस्वीरहरू :  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?