News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टी गोरखा–काठमाडौं सम्पर्क विभागले १९ मंसिरमा केन्द्रीय कार्यालयमा आसन्न निर्वाचनबारे आन्तरिक छलफल गरेको छ।
- छलफलमा गोरखाको राजनीतिक गतिविधि, संगठन विस्तार र निर्वाचन रणनीतिबारे चर्चा भएको सम्पर्क विभाग प्रमुख अम्गाईंले जानकारी दिनुभयो।
- सहभागीहरूले केन्द्रीय महामन्त्री बुर्लाकोटीलाई गोरखा जिल्लामा सक्रियता बढाउन सुझाव दिएका थिए।
१९ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा–काठमाडौं सम्पर्क विभागले आसन्न निर्वाचनबारे आन्तरिक छलफल गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा भएको छलफलमा महामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य एलिजा गुरुङ, केन्द्रीय संगठन विभाग सचिव शंकर श्रेष्ठ, गोरखा–काठमाडौं सम्पर्क विभाग प्रमुख साजन लामिछाने, पालुङटार–काठमाडौं सम्पर्क विभागका प्रमुख गणेश अम्गाईं लगायत सहभागी थिए ।
छलफलमा गोरखाको वर्तमान राजनीतिक गतिविधि, स्थानीयस्तरमा संगठन विस्तार, राजनीतिक रणनीति र आसन्न निर्वाचनबारे छलफल भएको सम्पर्क विभाग प्रमुख अम्गाईंले जानकारी दिए ।
छलफलका सहभागीले केन्द्रीय महामन्त्री बुर्लाकोटीलाई गोरखा जिल्लामा सक्रियता बढाउन सुझाव दिएका थिए ।
प्रतिक्रिया 4