+
+
Shares

संसद्लाई कर्मकाण्डीबाट माथि उठाउनुपर्छ : पुन

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १ गते १७:११

१ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले संसदलाई कर्मकाण्डी औपचारिकतावादवाट माथि उठाउनुपर्ने बताएका छन् । नेता पुनले संसदमा सांसदहरुले उठाएका विषयहरूको उचित सम्बोधन र सुनुवाइ भएमात्र संसद् बलियो हुने बताए ।

माओवादी केन्द्र निकट अखिल( क्रान्तिकारी) काठमाडौं क्याम्पस जिल्ला समितिद्वारा आयोजित तिनदिने संघीय नमुना युवा संसद अभ्यास कार्यक्रममा वोल्दै नेता पुनले सो धारणा राखेका हुन् ।

‘संसदमा बोल्ने प्रत्येक सदस्यको आवाजको सुनुवाइ र कदर  हुनुपर्छ,’ पुनले भने ।

संसदमा बजेटबारे कयौंदिन छलफल चल्ने तर अन्तिममा कमा, फुलस्टप समेत परिवर्तन नभई पारित हुने अवस्थाको अन्त्य हुनुपर्ने उनले बताए ।

पुनले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरूले बोलेको आधारमा बजेटमा समेत हेरफेर गर्न सकिने प्रणाली ल्याउन खोजेको समेत चर्चा गरे ।

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले नमुना संसद अभ्यासले युवा पुस्ताका आशा, सपना र सम्भावनाको उजागर गर्ने बताए ।

‘सवल, प्रतिस्पर्धी र कर्मठ युवाले मात्र नयाँ युगको नेतृत्व गर्न सक्दछन्,’ उनले भने ।

बस्नेतले युवालाई केन्द्रविन्दुमा राखेर अबका नीति, योजना र कार्यक्रम तय हुनुपर्ने बताए ।

अखिल (क्रान्तिकारी) का अध्यक्ष विजयप्रकाश सापकोटाले संविधानमा नागरिकको मौलिक हकका रुपमा लिपिवद्ध गरिएको शिक्षा, स्वास्थ्य र रोजगारीको हकलाई सुनिश्चित गर्नुपर्ने बताए ।

कार्यक्रममा उपत्यकाका विभिन्न कलेजका ८० जना युवा सहभागी रहेको आयोजक समितिकी सचिव सुरक्षा पहारीले जनाइन् ।

नमुना अभ्यासको सहजीकरण केन्द्रीय प्रशिक्षकद्वय तुलसीराम न्यौपाने र अविनास कार्कीले गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?