+
+
Shares

‘आ बाट आमा’को अस्ट्रेलिया र न्यूजिल्यान्ड राइट बिक्री

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १ गते २०:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आर्या इन्टरटेन्मेन्टको फिल्म 'आ बाट आमा' को अस्ट्रेलिया र न्युजिल्याण्ड वितरण अधिकार हिमारु इन्टरटेन्मेन्टले खरिद गरेको छ।
  • चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्मले मातृत्वको कथा भन्छ र अन्य देशमा राइट विक्रीको लागि कुराकानी भइरहेको छ।
  • फिल्ममा पल शाह, उषा उप्रेती, विपना थापा, सिम्रन पन्त र प्रदीप रावतको अभिनय हुनेछ र छायांकन भदौदेखि सुरु हुनेछ।

काठमाडौं । आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्म ‘आ बाट आमा’ को अस्ट्रेलिया र न्युजिल्याण्ड वितरण अधिकार बिक्री भएको छ । हिमारु इन्टरटेन्मेन्ट प्रालिले दुबै देशको राइट खरिद गरेको हो ।

चन्द्र पन्तको निर्देशन र पटकथामा निर्माण हुन लागेको फिल्मले मातृत्वको कथा भन्छ । अन्य देशमा राइट विक्रीको लागि कुराकानी भइरहेको र त्यसबारेमा पनि छिट्टै जानकारी दिने निर्देशक पन्तले बताए ।

यो फिल्मको शीर्ष भूमिकामा पल शाह र मोडल उषा उप्रेती अनुबन्धित भएका छन् । विपना थापा, सिम्रन पन्त र भारतीय अभिनेता प्रदीप रावत लगायतको अभिनय हुनेछ ।

छायांकन भदौदेखि सुरु हुने जनाइएको छ । प्रदर्शन फागुन १५ गतेलाई तय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?