
२ भदौ, काठमाडौं । विवेकशील साझा पार्टीले अरु व्यक्ति तथा शक्तिसँग सहकार्य र एकताको पहल लिन उपाध्यक्ष प्रकाशचन्द्र परियारको नेतृत्वमा संवाद समिति गठन गरेको छ ।
समितिमा उपाध्यक्ष बिमला घिमिरे अधिकारी, महासचिव रञ्जु दर्शना, सचिव समुन्द्र केसी र प्रवक्ता आशुतोष प्रधान छन् ।
हालै सम्पन्न केन्द्रीय समिति बैठकले मुलुकमा वैकल्पिक राजनीतिको उपदेयता अझ बढेकाले समान विचार भएका दल, समूह र अभियानकर्मीहरूसँग बृहत ध्रुवीकरण, कार्यगत एकता देखि पार्टी एकतासम्म जाने निर्णय गरेको थियो ।
उक्त निर्णय बमोजिम बनेको राजनीतिक सम्वाद समितिले राजनीतिक छलफल भेटवार्ता, सामूहिक कार्यक्रम, मोर्चाबन्दी र सहकार्यको संस्कृतिलाई अभ्यासमा ल्याउन पहल लिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4