+
+
Shares
गौर हत्याकाण्ड :

रौतहटका प्रहरी प्रमुख भन्छन्- अदालतको पत्र आएपछि कारबाही अघि बढ्छ

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २ गते १८:५७

२ भदौ, काठमाडौं । सर्वोच्च अदालतले गौर हत्याकाण्डको अनुसन्धान गर्न आदेश दिएसँगै थन्किएको फाइल पुन: खोलिन सम्भावना बढेको छ ।

१८ वर्षअघिको गौर नरसंहारको अनुसन्धान गर्न माग गर्दै त्रिभुवन साहले दिएको निवेदनमा सोमबार सर्वोच्च अदालत अनुसन्धान गर्न परमादेश दिएपछि अनुसन्धानको बाटो खुलेको छ ।

यो घटनामा २७ जना माओवादीका कार्यकर्ताको हत्या भएको थियो । लामो समयसम्म घटनाबारे कुनै अनुसन्धान हुन सकेको थिएन ।

आज भने अदालतले छानबिन गर्न बाटो खोलिदिएपछि अनुसन्धानको बाटो खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख तथा एसपी नेत्रमणि गिरीले पनि अदालतलको पत्र आएपछि कारबाही अघि बढ्ने बताए । ‘छानबिन गर्न अदालतले आदेश दिएको भन्ने खबर सुनेका छौं । अदालतको पत्र आएपछि के कसो गर्नुपर्ने हो सोही अनुसार कारबाही अघि बढ्छ,’ एसपी गिरीले अनलाइनखबरसँग भने ।

यो नरसंहारमा मुछिएका प्रमुख व्यक्ति हुन्– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव ।

तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष यादवकै भूमिका कारण गौर नरसंहार भएको कतिपय अध्ययनको निष्कर्ष छ ।

७ चैत २०६३ मा रौटहटको गौरस्थित राइसमिलको चौरमा भएको झडपमा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए भने सयभन्दा बढी घाइते भएका थिए । त्यो दिन मधेशी जनअधिकार फोरम र माओवादीले एकै समयमा एकै ठाँउ कार्यक्रम आयोजना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?