
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल स्टक एक्स्चेन्जले कुनै पनि धितोपत्र किन्न वा बेच्न सल्लाह नदिने र प्रतिफलको ग्यारेन्टी नगर्ने प्रष्ट पारेको छ।
- नेप्सेले सामाजिक सञ्जालमा अनधिकृत स्टक टिप्स र भ्रामक सामग्रीले लगानीकर्तालाई भ्रममा नपर्न आग्रह गरेको छ।
- नेप्सेले आफ्नो नाम/लोगो अनधिकृत प्रयोग गर्ने कार्य दण्डनीय अपराध भएको र शंकास्पद सामग्री देखिए जानकारी दिन अनुरोध गरेको छ।
२ भदौ, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले कुनै पनि धितोपत्र किन्न वा बेच्न सल्लाह नदिने, प्रतिफलको ग्यारेन्टी नगर्ने, खरिद वा बिक्री गर्ने, मूल्य नतोक्ने प्रष्ट पारेको छ ।
नेप्सेका नाममा सामाजिक सञ्जालहरूमा सेयर बजार सम्बन्धी भ्रामक तथा अनधिकृत सामग्री, स्टक टिप्स, सेयर किनबेचका सिफारिस लगायत झुटा दाबी गरेको पाइएपछि सर्वसाधारणलाई भ्रममा नपर्न नेप्सेले आग्रह गरेको हो ।
यस्ता गतिविधिले सर्वसाधारण लगानीकर्ताको मनोबलमा प्रतिकूल असर पर्ने नेप्सेले जनाएको छ । यस किसिमका भ्रामक र अनधिकृत सामग्री आधार बनाइ लगानी नगर्न समेत नेप्सेले सुझाएको छ ।
नेप्सेले सूचना/प्रेस नोट नेप्सेको वेबसाइट र आधिकारिक सामाजिक सञ्जालबाट प्रकाशित गर्ने गरेको जनाएको छ । नेप्सेको नाम अनधिकृत प्रयोग गर्ने, नेप्सेसँग मिल्दोजुल्दो नाम राखेर वेबसाइट चलाउने, एप बनाउने, च्याट ग्रुप बनाउने लगायतका कार्य दण्डनीय अपराध रहेको समेत नेप्सेले जनाएको छ ।
हल्ला, उक्साहट, अनधिकृत च्याट ग्रुप/क्लबहाउस/टेलिग्राम लगायतका आधारमा सेयर कारोबार नगर्न समेत नेप्सेले लगानीकर्तालाई सुझाएको छ ।
नेप्सेको नाम/लोगो/भवनको तस्वीर प्रयोग गरेर एप/पेज/समूह बनाइएका माध्यमहरूमा व्यक्तिगत विवरण नदिन समेत नेप्सेले सुझाएको छ । कसैलाई पनि आफ्नो पासवर्ड नदिन अनुरोध गर्दै शंकास्पद सामग्री देखिए स्क्रिनसट/लिंकसहित नेप्सेलाई जानकारी दिनु अनुरोध गरेको छ ।
प्रतिक्रिया 4