+
+
Shares

नेपाल टेलिभिजनको क्यान्टिनलाई वाणिज्य विभागले तिरायो ५१ हजार जरिबाना

अनुगमन क्रममा नेपाल टेलिभिजनको क्यान्टिन ‘कञ्चन चमेना गृह’ लाई तत्कालै ५१ हजार रुपैयाँ जरिबाना तिराइएको विभागका वरिष्ठ अनुगमन अधिकृत अमितकुमार झाले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २ गते २०:१२

२ भदौ, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिंहदरबारस्थित नेपाल टेलिभिजनको क्यान्टिनलाई कारबाही गरेको छ ।

विभागको अनुगमन टोलीले सोमबार नेपाल टेलिभिजनको क्यान्टिन अनुगमन गरेको थियो । अनुगमन क्रममा नेपाल टेलिभिजनको क्यान्टिन ‘कञ्चन चमेना गृह’ लाई तत्कालै ५१ हजार रुपैयाँ जरिबाना तिराइएको विभागका वरिष्ठ अनुगमन अधिकृत अमितकुमार झाले जानकारी दिए ।

‘क्यान्टिनमा सरसफाइ नभएको, अव्यवस्थित तरिकाले चलाइएको भनेर उजुरी नै परेको थियो,’ उनले अनलाइनखबरसँग भने, ‘हामी अनुगमनमा जाँदा क्यान्टिन एकदमै भद्रगोल थियो । पहिलो पटक हामीले त्यहाँ सचेत गराएर न्यूनतम मात्रै जरिबाना तिराएका हौं ।’

उनका अनुसार अनुगमनमा खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागको टोली पनि गएको थियो । क्यान्टिन दर्ता अनुमतिपत्र तथा मूल्यसूची लगायतका कुनै पनि कागजपत्र नराखी सञ्चालन भएको पनि उनले बताए ।

उक्त क्यान्टिनलाई १५ दिनभित्र सबै व्यवस्थित र सुधार गर्न पनि विभागले निर्देशन दिएको छ । ‘१५ दिनमा पनि कुनै सुधार देखिएन भने हामीले क्यान्टिन बन्द गर्छौ,’ वरिष्ठ अनुगमन अधिकृत झाले भने ।

यस्तै विभागको टोलीले काठमाडौं महानगरपालिका–२२ स्थित श्री राम इन्टरप्राइजेजमा पनि अनुगमन गरेको थियो । उक्त पसललाई सामान्य निर्देशन दिइएको छ ।

यसअघिका महानिर्देशक कुमारप्रसाद दहालको आजै बिदाइ भएको छ । यस्तै विभागको नयाँ महानिर्देशकमा आजैदेखि रोशन ज्ञवाली विभागमा हाजिर भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?