News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश युनाइटेडले नेदरल्याण्ड्सकी रोमी भिनस्ट्रालाई पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको छ।
- रोमी भिनस्ट्राले सन् २०२१ देखि नेदरल्याण्ड्सको शीर्ष डिभिजन क्लब सुडोसा-डेस्टोमा खेल्दै उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन्।
- भिनस्ट्राले मधेश युनाइटेडसँग अनुबन्ध भएकोमा खुशी व्यक्त गर्दै नेपालमा खेल्न आफू उत्साहित रहेको बताएकी छन्।
३ भदौ, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करणका लागि मधेश युनाइटेडले नेदरल्याण्ड्सकी रोमी भिनस्ट्रालाई अनुबन्धन गरेको छ ।
मधेशले पहिलो विदेशी खेलाडीको रुपमा नेदरल्याण्ड्सकी आउटसाइड हिटर भिनस्ट्रालाई घोषणा गरेको हो ।
नेदरल्याण्ड्समा महिला भलिबलको क्षेत्रमा पछिल्ला वर्षहरूमा नयाँ पुस्ताका खेलाडीहरू उदाउँदै आएका छन् । तीमध्ये एक नाम रोमी भिनस्ट्रा को पनि रहेको छ । भिनस्ट्राले आफ्नो उत्कृष्ट खेल कौशल र प्रतिबद्धताले छोटै उमेरमै सफलता प्राप्त गरेकी छिन् ।
उनले सन् २०२१ र २२ सिजनदेखि नेदरल्याण्ड्सकै शीर्ष डिभिजन अन्तर्गतको क्लब सुडोसा-डेस्टोका लागि खेल्दै उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन् । उनी टोलीको आक्रमण र रक्षा दुवै क्षेत्रमा भरोसायोग्य खेलाडी मानिन्छिन् । सन् २०२४ मा उनले सुडोसा-डेस्टोका लागि नेदरल्याण्ड्स युवा राष्ट्रिय च्याम्पियनसिप जित्न सफल भइन् ।
रोमीलाई मधेश युनाइटेड टिममा अनुबन्ध गर्न पाउँदा एकदमै खुशी रहेको र उनको आगमनले टोलि अझ शसक्त हुने टिमको विश्वास छ । उनको आगमनले निर्णायक खेलहरूमा उनका शक्तिशाली स्म्यास र स्थिर प्रदर्शनले टोलीलाई उपाधि दिलाउन महत्त्वपूर्ण योगदान पुर्याउने टिमले जनाएको छ ।
भिनस्ट्राले मधेश युनाइटेडसँग अनुबन्ध भएकोमा खुशी व्यक्त गर्दै मधेश युनाइटेडबाट खेल्न आफू एकदमै उत्साहित रहेको बताएकी छन् । उन्ले नेपालको नाम धेरै सुनेको र नेपालमा आएर खेल्न उनि धेरै उत्साहित रहेको बताएकी छन् ।
मधेश युनाइटेड टिम : निरुता ठगुन्ना (मार्की), आरती सुबेदी, कोपिला राणा , सरस्वती कटेल , उषा बिस्ट, बबिता बोहोरा, बसन्ती साउद, स्नेहा ठगुन्ना
प्रशिक्षक: कोपिला उप्रेती
ब्रान्ड एम्बासडर : नीति शाह
प्रतिक्रिया 4