
News Summary
Generated by OK AI. Editorially reviewed.- साइग्रेस पोखरेलले चन्द्र पन्तको निर्देशकीय फिचर 'आ बाट आमा'मा अभिनय गर्न अनुबन्धित भएका छन्।
- फिल्मको छायांकन १२ भदौदेखि सुरु हुने र पोखरेललाई महत्वपूर्ण भूमिकामा राखिएको छ।
- फागुन १५ गतेदेखि देशव्यापी प्रदर्शन हुने फिल्मको अस्ट्रेलिया र न्यूजिल्याण्डमा वितरण अधिकार विक्री भइसकेको छ।
काठमाडौं । ‘कन्टेन्ट क्रिएटर’ साइग्रेस पोखरेलले फिल्ममा अभिनय गर्ने भएका छन् । चन्द्र पन्तको आगामी निर्देशकीय फिचर ‘आ बाट आमा’मा उनी अनुबन्धित भएका छन् ।
१२ भदौदेखि छायांकन सुरु हुने पटकथाकार समेत रहेका पन्तले जनाए । फिल्मको महत्वपूर्ण भूमिकामा पोखरेललाई अनुबन्धित गरिएको जनाइएको छ ।
यसअघि यो फिल्ममा पल शाह, विपना थापा, प्रदीप रावत, उषा उप्रेती लगायतका कलाकार तय छन् ।
कृष्ण सुवेदी, ध्रुब न्यौपाने र प्रकाश कुँवर निर्माताको रुपमा छन् । करण सिंह कार्यकारी निर्माता हुन् भने सह-निर्मातामा क्षितिज ढुङ्गाना छन् ।
फिल्मको अस्ट्रेलिया र न्यूजिल्याण्डको वितरण अधिकार विक्री भएको छ । फागुन १५ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4