+
+
Shares

दैलेखमा मिनी बस दुर्घटना, ४ जना घाइते

घाइतेहरूको उद्धार गरी उपचारका लागि दैलेखको दुल्लु अस्पताल तर्फ पठाइएको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३ गते १३:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-३ स्थित देउराली नजिकै मिनी बस दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।
  • घाइतेहरूमा २७ वर्षीया मिना विष्ट, ४२ वर्षीय सुरेन्द्र शाही, २४ वर्षीया निर्मला सुवेदी र ७० वर्षीया पुन्टी शाही रहेका छन्।
  • दुर्घटना भएको मिनी बस अनियन्त्रित भएर पल्टिएको र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

३ भदौ, काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-३ स्थित देउराली नजिकै मिनी बस दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

घाइते हुनेमा चामुण्डा बिन्दासैनी नगरपालिका-२ की २७ वर्षीया मिना विष्ट, वडा नम्बर-१ बस्ने ४२ वर्षीय सुरेन्द्र शाही, वडा नम्बर २ की २४ वर्षीया निर्मला  सुवेदी र वडा नम्बर ४ की ७० वर्षीया पुन्टी शाही रहेका छन् ।

बिन्द्रासैनी नगरपालिका-३  देउराली स्थित हाडाकोटको चाल्ने चौताराबाट सुर्खेत आउँदै गरेको क.प्र.०२००१ ख.०१७० नम्बरको मिनी बस अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको उद्धार गरी उपचारका लागि दैलेखको दुल्लु अस्पताल तर्फ पठाइएको प्रहरीले जनाएको छ ।

बसका चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तस्वीर सौजन्य : ललित रेग्मी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?