+
+
Shares

मोरङमा खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३ गते १४:२१

३ भदौ, काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–१५ रानीबाट २ सय ग्राम लागूऔषध (खैरो हिरोइन) बरामद भएको छ ।

लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको टोलीले सो मात्रामा खैरो हिरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको गौतमपुरी बदरपुर फेस–१ दिल्लीका ४३ वर्षीय सगीर नाम गरेका व्यक्ति रहेको ब्युरोका सई बालकृष्ण सन्जेलले जानकारी दिए ।

उनको साथबाट उनको भारतीय आधार कार्ड पनि बरामद भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?