+
+
Shares

सबै दलहरूसँग मिलेर काम गर्नुपर्ने अवस्था छ : देउवा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३ गते १७:१७

३ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिष्पर्धी राजनीतिक दलसँग मिलेर काम गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

अहिलेको संविधानले कसैलाई पनि बहुमत नदिने भन्दै प्रतिष्पर्धीसँग पनि मिलेर सँगै काम गर्नुपर्ने आवश्यकता रहेको उनले बताएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा स्मृति दिवसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको अहिलेको संविधान समावेशी समानुपातिक आधारको संविधान रहेको बताए ।

‘अहिलेको संविधान समावेशी समानुपातिक आधारको संविधान छ । कुनै पार्टीको बहुमत आउँदैन । त्यस्तो किसिमको अवस्था छ । सबै पार्टीसँग मिलेर हिँड्नुपर्ने आवश्यकता छ । बाध्यता पनि भने हुन्छ,’ उनले भने, ‘त्यसै आधारमा नेपालको नयाँ संविधानको प्रयोग सफल भइरहेको छ । सबै पार्टीहरू मिलेर अघि बढ्नुपर्ने, स्वयं प्रतिष्पर्धीसँग मिलेर काम गर्नुपर्ने अवस्था छ ।’

नेपालको नयाँ संविधानको प्रयोग सफल भइरहेको पनि बताउँदै उनले सबै पार्टीहरू मिलेर अघि बढ्नुपर्ने, स्वयं प्रतिष्पर्धीसँग मिलेर काम गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

‘वास्तवमा भन्ने हो भने राम्रो बाटो लिएका छौँ । समावेशी संविधान बनेको छ । महिला, जनजाति, आदिवासी, मधेशीको अधिकार छ,’ कोइरालाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?