
१ भदौ, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
दुई दिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौँ आइपुगेका मिश्रीले बूढानीलकण्ठस्थित निवास पुगेर देउवासँग भेटवार्ता गरेका हुन् ।
भेटपछि सभापति देउवाले सामाजिक सञ्चाल फेसबुकमा लेखेका छन्- आज मेरो निवासमा भारतीय विदेश सचिव विक्रम मिश्रीलाई स्वागत गर्न पाउँदा खुशी लाग्यो । हाम्रो छलफल पारस्परिक विश्वास, सद्भावना र हाम्रो क्षेत्रमा समृद्धि र स्थिरताको लागि साझा आकांक्षामा निर्मित घनिष्ठ र बहुआयामिक नेपाल-भारत सम्बन्धलाई अझ सुदृढ पार्नमा केन्द्रित थियो ।
यसअघि मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग भेटवार्ता गरेका थिए ।
प्रतिक्रिया 4