+
+
Shares

रास्वपा उपसभापति वाग्ले र सांसद खनालले भेटे भारतीय विदेश सचिव

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २ गते १४:१६

२ भदौ, काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिश्रीसँग रास्वपा उपसभापति स्वर्णिम वाग्ले र विदेश विभाग प्रमुख शिशिर खनालले भेटवार्ता गरेका छन् ।

उनीहरू सोमबार दिउँसो केहीबेर अघि बत्तीसपुतलीस्थित होटल द्वारिकाज पुगेर भेटवार्ता गरेका हुन् ।

दुई दिने नेपाल भ्रमणमा आएका मिश्रीले उच्चस्तरीय राजनीतिक भेटघाट हिजो नै सकेका थिए । आज स्वदेश फर्किनुअघि उनले हिजो छुटेका अन्य दलका नेताहरूसँग भेट गरिरहेका छन् ।

उनले मधेकेन्द्रित दलका नेताहरुलाई पनि होटलमै भेटेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन मिश्री नेपाल भ्रमणमा आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?