
News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय विदेश सचिव विक्रम मिश्रीले १ भदौमा काठमाडौँमा माओवादी केन्द्र अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन्।
- मिश्रीले भेटमा नेपाल-भारत द्विपक्षीय हितका विषयमा छलफल गरेका छन्।
- मिश्रीले सोही दिन राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन्।
१ भदौ, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
दुईदिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौँ आइपुगेका मिश्रीले खुमलटारमा अध्यक्ष प्रचण्डसँग भेट वार्ता गरेका हुन् ।
भेटमा नेपाल -भारत द्विपक्षीय हितका विषयमा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
यसअघि मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग आजै भेटवार्ता गरेका छन् ।
।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4