
१ भदौ, काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव विक्रम मिश्री रात्रिभोजका लागि सोल्टी होटल पुगेका छन् ।
परराष्ट्र सचिव अमृतबहादुर राईले आयोजना गरेको रात्रिभोजका लागि मिश्रीसहितको टोली सोल्टी होटल पुगेको हो ।
स्रोतका अनुसार, परराष्ट्रमन्त्री आरजु राणालाई भेटेपछि उनी त्यसतर्फ प्रस्थान गरेका थिए । राणालाई भेट्नुअघि उनले विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए ।
त्यसअघि उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट गरेका थिए ।
मिश्रीको टोली भोलि (सोमबार) दिउँसो स्वदेश फर्किने कार्यतालिका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4