News Summary
Generated by OK AI. Editorially reviewed.- स्पीनर केशव महाराजले ५ विकेट लिएपछि दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ९८ रनले हराउँदै ३ खेलको एकदिवसीय शृंखलामा १-० को अग्रता लिएको छ।
- दक्षिण अफ्रिकाले दिएको २९७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४०.५ ओभरमा १९८ रनमा अलआउट भयो र कप्तान मिचेल मार्शले ८८ रन बनाए।
- दक्षिण अफ्रिकाका एइडन मार्करमले ८२, कप्तान तेम्बा बावुमाले ६५ र म्याथ्यु ब्रिट्ज्केले ५७ रन बनाए।
३ भदौ, काठमाडौं । स्पीनर केशव महाराजले शानदार बलिङ गर्दै ५ विकेट लिएपछि दक्षिण अफ्रिकाले अस्ट्रेलियामाथि फराकिलो जित निकाल्दै ३ खेलको एकदिवसीय शृंखलामा १-० को अग्रता लिएको छ ।
दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ९८ रनले हरायो । दक्षिण अफ्रिकाले दिएको २९७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४०.५ ओभरमा १९८ रनमा अलआउट भयो । कप्तान मिचेल मार्शले ८८ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन ।
अस्ट्रेलियाले राम्रो सुरुवात गरेपनि महाराजले खेलको अवस्था बदलेका थिए । मिचेल मार्श र हेडले पहिलो विकेटका लागि ६० रन जोडेपनि त्यसपछि अस्ट्रेलियन ब्याटिङ कोलाप्स भएर ८९-६ को अवस्थामा पुगेको थियो ।
मार्शले बेन डारशुइससँग मिलेर ७१ रनको साझेदारी गरे। डारशुइस ३२ रनमा आउट भए । त्यसअघि ओपनर ट्राभिस हेडले २७ रन बनाएका थिए ।
महराजले १० ओभरमा ३३ रन दिँदै ५ विकेट लिए। नन्द्रे बर्गर र लुंगी नगिडीले २–२ विकेट लिए भने प्रेनेलन सुब्रायनले १ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ५० ओभरमा ८ विकेट गुमाउँदै २९६ रन बनाएको थियो । एइडन मार्करमले ८२ रन बनाए भने कप्तान तेम्बा बावुमाले ६५ र म्याथ्यु ब्रिट्ज्केले ५७ रन जोडे।
अस्ट्रेलियाका लागि ट्राभिस हेडले ९ ओभर बलिङ गर्दै ५७ रन दिएर ४ विकेट लिए। डारशुइसले २ विकेट लिँदा एडम जाम्पाले १ विकेट लिए ।
प्रतिक्रिया 4