News Summary
Generated by OK AI. Editorially reviewed.- पेस बलर नन्दन यादवले डार्विनमा टप एन्ड टी–२० सिरिजअन्तर्गत होबार्ट हरिकेन्सविरुद्ध ५ विकेट लिए।
- उनले लगातार तीन खेल हारिसकेपछि नयाँ ऊर्जा देखाउन ड्रेसिङ रुममै छलफल भएको र सबैले शत प्रतिशत प्रयास गरेको उल्लेख गरे।
- नेपालले १८० रनको स्कोर बनाएर बलरलाई डिफेन्ड गर्ने मौका दिएको नन्दनले बताए।
३ भदौ, काठमाडौं । डार्विनमा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत होबार्ट हरिकेन्सविरुद्ध ५ विकेट लिँदै शानदार प्रदर्शन गरेका पेस बलर नन्दन यादवले आजको खेल जित्नैपर्छ भन्ने हिसाबले मैदान उत्रिएको बताएका छन् ।
खेलपछि प्रतिक्रिया दिंदै उनले भने, ‘लगातार तीन खेल हारिसकेपछि यो खेल जित्नैपर्छ भन्ने सोच थियो। ड्रेसिङ रुममै नयाँ ऊर्जा देखाउनुपर्ने भनेर छलफल भएको थियो। सबैले शत प्रतिशत प्रयास गरे र त्यसको नतिजा पनि हाम्रो पक्षमा आयो।’
डार्विनमा नेपालको खेल भइरहँदा नेपाली दर्शकहरू पनि मैदानमा पुगेर हौसला बढाइरहेका छन् । दर्शकहरुको समर्थनले पनि टोलीलाई थप ऊर्जा दिएको नन्दनले बताए ।
खेलमा नेपालले पहिले ब्याटिङ गर्दै १८० रनको स्कोर बनाएको थियो। कुनै एक ब्याटरबाट ठूलो योगदान नभएतापनि सबैले राम्रो इन्किङ खेलेको नन्दनले बताए।
‘बलरको लागि बोर्डमा राम्रो टार्गेट हुनु जरुरी हुन्छ। ब्याटरले राम्रो स्कोर बनाएर हामीलाई डिफेन्ड गर्ने मौका दिए। यस्तो ठूलो मैदानमा १८० राम्रो स्कोर हो’ उनले भने।
डार्विनमा पहिलोपटक खेलिरहेका नेपाली टोलीका लागि यो अनुभव महत्वपूर्ण रहेको भन्दै उनले डार्विन क्रिकेट संघलाई धन्यवाद पनि दिए।
प्रतिक्रिया 4