
३ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को आगमन कक्षमा निजी क्षेत्रको सहकार्यमा पीपीपी मोडलमा यात्रु सहायता कक्ष सञ्चालन भएको छ ।
जिल्ला होटल व्यवसायी संघ काठमाडौंले सञ्चालन गरेको यात्रु सहायता कक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले उद्घाटन गरे ।
विदेशी तथा स्वदेशी यात्रुलाई सहज वातावरण दिने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले जानकारी दिए ।
विमानस्थलमा पर्यटकले पाउने स्वागत सत्कारको प्रत्यक्ष प्रभाव अन्तर्राष्ट्रिय पर्यटन बजारमा पर्न जाने भएकाले छवि सुधार्न सहायता कक्ष निर्माण गरिएको उनको भनाइ छ ।
कार्यक्रममा संघीय सांसद् नगेन्द्र कुमाल, नेपाल नागरिक उड्डयन प्राधीकरणका महानिर्देशक प्रदीप अधिकारी, महाप्रबन्धक हंशराज पाण्डे, होटल व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष शेरबहादुर थापा, महासचिव टीआर भण्डारी (शंकर), होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाललगायत उपस्थित थिए ।
मन्त्री पाण्डेले सहायता कक्षले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । नेपाल भित्रिने यात्रुमा पहिलो छाप विमानस्थलमै पर्ने भन्दै उनले सकारात्मक छाप परे भ्रमण सकेर फर्किएपछि पनि पुन: नेपाल आउन तथा अरुलाई प्रोत्साहित गर्न भूमिका रहने बताए । उनले सहायता कक्षबाट होटल, यातायात, पर्यटन क्षेत्रबारे सकारात्मक जानकारी प्राप्त हुने विश्वास व्यक्त गरे।
प्रतिक्रिया 4