
News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला होटल व्यवसायी संघ काठमाडौं र आईएमएस सर्भिसेज प्रा.लि.बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन क्षेत्रमा सहायता कक्ष स्थापना गर्न सम्झौता भयो।
- सम्झौतापछि असार पहिलो सातादेखि स्वदेशी र विदेशी यात्रुहरूको लागि सहायता सेवा सुरु हुने योजना छ।
- होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले यात्रुहरूको सुविधाका लागि सहायता कक्ष स्थापना हुने बताए।
१२ जेठ, काठमाडौं । जिल्ला होटल व्यवसायी संघ काठमाडौं र आईएमएस सर्भिसेज प्रा.लि.बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन क्षेत्रमा सहायता कक्ष राख्ने सम्झौता भएको छ ।
मंगलबार आयोजित कार्यक्रममा आईएमएस सर्भिसेजकी प्रमुख कार्यकारी अधिकृत चारु श्रेष्ठ र होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले हस्ताक्षर गरे ।
हवाइ यात्रामार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका स्वदेशी तथा विदेशी पाहुनाहरूलाई व्यवस्थित र सुरक्षित रूपमा होटलसम्म पुर्याउने व्यवस्थाका लागि अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा यात्रु सहायता कक्ष स्थापना गर्न लागिएको बरालले बताए । उनका अनुसार असार पहिलो सातादेखि सेवा सुरु गर्ने लक्ष्य छ ।
विमानस्थलस्थित आगमन कक्षको व्यवस्थापकको जिम्मा लिएको आईएमएसले यात्रुलाई सहजीकरणका लागि संघलाई स्थान उपलब्ध गराउने गरी सम्झौता भएको हो ।
अध्यक्ष बरालले स्वदेश तथा विदेशबाट नेपाल आउने यात्रुहरू गलत व्यक्तिको सम्पर्कमा पुग्ने तथा पीडित हुने गरेकाले लामो समयदेखि सहायता कक्ष राख्न प्रयास हुँदै आएको बताए ।
प्रतिक्रिया 4