+
+
Shares

तीजले अस्ट्रेलिया गुल्जार, नेपाली कलाकारलाई भ्याइनभ्याइ

राजन घिमिरे राजन घिमिरे
२०८२ भदौ ४ गते १२:४३
अस्ट्रेलियामा तीजको प्रस्तुति दिँदै रामजी खाँण (बायाँ) र गायिका शान्तारानी परियार ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अष्ट्रेलियामा चाडपर्व नजिकिँदै गर्दा नेपाली सांगीतिक कार्यक्रमको आयोजनामा वृद्धि भएको छ र कलाकारलाई राम्रो पारिश्रमिक दिइएको छ।
  • दिदीबहिनी इभेन्टसकी बिन्दु पौडेलको पहलमा ८ भन्दा बढी कलाकार अष्ट्रेलिया आएका छन् र ३५ भन्दा बढी कार्यक्रम आयोजना हुने भएका छन्।
  • हरितालिका तीज भदौ १० गते (अगस्ट २६) मंगलबार नेप्लिज हिन्दु सोसाइटी अफ अष्ट्रेलियाले सिड्नीमा कार्यक्रम आयोजना गर्नेछ र अभिनेत्री नीता ढुंगाना सहभागी हुने भएकी छिन्।

सिड्नी । जब चाडबाड नजिकिन्छ, तब अष्ट्रेलियामा सांगीतिक कार्यक्रमको आयोजनामा तछाडमछाड चल्छ । नेपालबाट चल्तीका कलाकार ल्याएर दर्शकलाई नचाउन यहाँ आयोजकको होड हुन्छ ।

यस्तै माहोल अहिले नेपाली समुदायको बाक्लो बसोबास रहेको अस्ट्रेलियाली सहरमा देखिएको छ । विगतका वर्षको तुलनामा अहिले यहाँ चाडपर्व लक्षित सांस्कृतिक कार्यक्रमको आयोजनामा वृद्धि भएको देखिन्छ ।

कलाकारको लागि यो व्यस्त मात्र होइन, राम्रो पारिश्रमिक पाउने अवसर पनि हो । ‘फलानो आयोजकले यति भनेको छ । तपाई यति दिनुहुन्छ भने म आउन तयार छु भनेपछि हामीले बाध्य भएर पनि पारिश्रमिक बढाएर दिनुपरेको छ’ आयोजकको भनाई छ ।

तीज आउन एक साता बाँकी रहेपनि अस्ट्रेलियाका विभिन्न सहरमा तीज सम्बन्धी कार्यक्रम दुई साता अघिदेखि नै सुरु भएको छ । कतिपय सहरमा तीज कार्यक्रम सम्पन्न पनि भैसकेको छ ।

बरू तीज कै दिन भने खासै कार्यक्रम आयोजना भैरहेको छैन । तीज मंगलबार परेको र त्यो दिन छुट्टी नपरेको कारणले पनि यस सम्बन्धि कार्यक्रम अगाडि गर्नु परेको आयोजक बताउँछन् ।

प्रमोद खरेल, राजनराज शिवाकोटी, पार्वती जिसी, रामजी खाँण, खेम सेन्चुरी, श्याम राना, सम्झना भण्डारी, शान्तारानी परियार, सुनिता बुढा, सरिता धनकुटी, प्रीति आले, खुमन अधिकारी, सुनिता क्षेत्री, श्रीकृष्ण बम मल्ल, लक्ष्मी मल्ल, मिलन नेवार र चोलेन्द्र पौडेल लगायतका कलाकारको प्रस्तुतिले चिसो मौसम भएको अष्ट्रेलिया यतिबेला तातेको छ ।

यसपटक यहाँको दिदीबहिनी इभेन्टसकी आयोजक बिन्दु पौडेल सबैभन्दा बढी कलाकारलाई अस्ट्रेलिया भित्राउन सफल भएकी छन् । उनको पहलमा ८ जना भन्दा बढी कलाकार अष्ट्रेलिया आएका छन भने विभिन्न सहरमा गरेर दिदीबहिनी इभेन्टसको सहकार्यमा ३५ भन्दा बढी कार्यक्रमको आयोजना हुने भएको छ ।

गतसाता सिड्नीमा प्रस्तुति दिएका रामजी, सम्झना र शान्तारानीलाई यतिबेला भ्याइनभ्याइ छ । यो टोलीले पर्थ र एडिलेडमा उपस्थिति जनाई सकेको छ भने अन्य सहरमा पनि यो टोली पुग्दैछ ।

प्रमोद खरेल एण्ड परम्परा ब्याण्डले पनि यो हप्ताबाट यात्रा गर्ने तयारी छ । ब्याण्डले ५ सहरमा प्रस्तुति दिने तयारी छ । मंगलबार उलंगंनमा द स्तुपा टेस्ट अफ नेपालको आयोजनामा गायिका जिसीले प्रस्तुति दिइन् ।

‘पहिला यो क्षेत्रमा नेपाली थोरै भएकाले हामी एकल कार्यक्रम गर्न असमर्थ थियौ तर, अब नेपालीको बसाई बाक्लिन थालेपछि हामी पनि एकल कार्यक्रमको आयोजना गर्न सक्ने भएका छौ’ द स्तुपाका प्रसन्नजंग थापाले भने ।

तीजकै दिन मंगलबार भने सिड्नीको बरूउड पार्कमा अभिनेत्री नीता ढुंगाना सहभागि हुने भएकी छन । यो कार्यक्रममा सहभागि हुन उनी सिड्नी पुगेकी छन् ।

नीता सहभागि हुने कार्यक्रमको आयोजना भने नेप्लिज हिन्दु सोसाइटी अफ अष्ट्रेलियाले गरेको हो । यसवर्षको हरितालिका तीज भदौ १० गते (अगस्ट २६) मंगलबार मनाइँदैछ ।

लेखक
राजन घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?