+
+
Shares

काठमाडौंमा बसभित्रै लुटियो सिक्री

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते १४:२३
फाइल तस्वीर

४ भदौ, काठमाडौं । चक्रपथ चल्ने महानगर यातायातको बसभित्रै एक महिलाले लगाएको सिक्री लुटिएको छ ।

चाबहिलस्थित ओम अस्पताल अगाडिबाट महानगर यातायातको बस चढेकी महिला माछापोखरी पुग्दा सिक्री लुटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले बताए ।

२० वर्षकी महिला र उनका बाबु सँगै बस चढेका ४/५ जनाको समूहले आधा तोलाका सिक्री लुटेको पाइएको छ ।

लुटपाट गर्ने व्यक्तिको हुलिया पहिचान भएको प्रहरीले बताए पनि उनीहरू पक्राउ परेका छैनन् ।

बसभित्रै लुटिएको जानकारी पाएपछि प्रहरी वृत्त बालाजुबाट १० जना र सादा पोशाकको टिम सेफ्टी पिन टोली समेत घटनास्थलमा खटिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?