+
+
Shares

पार्टीभित्र एकढिक्का हुँदा कांग्रेसलाई कसैले कमजोर गर्न सक्दैन : मन्त्री लेखक

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते १६:०३

४ भदौ, काठमाडौं । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले एकतालाई मूल मन्त्र बनाएर अघि बढ्दा कांग्रेसलाई कसैले कमजोर पार्न नसक्ने बताएका छन्  ।

बुधबार काठमाडौं नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसमा आयोजित सभालाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस एउटै मूल मन्त्रका साथ अघि बढ्ने हो भने कांग्रेसलाई कसैले कमजोर बनाउन नसक्ने बताएका हुन् ।

‘नेपाली कांग्रेस एउटै मूल मन्त्रका साथ अघि बढ्ने हो भने कांग्रेसमा पनि समस्या हुँदैन र कांग्रेसलाई कसैले पनि कमजोर गर्न सक्दैन । त्यसको एउटै मूल मन्त्र भनको काँग्रेसभित्र एकता एकता एकता नै हो,’ उनले भने ।

एकता कुनै अमूर्त विषय नभएको बताउँदै उनले लोकतान्त्रिक पार्टी भएकाले विचारमा फरक हुनसक्ने पनि बताए ।

‘हामीले लोकतन्त्र, राम्रो व्यवस्थाको कुरा हामी गर्दछौँ । जुन यो राम्रो व्यवस्था मुलुकले प्राप्त गरेको छ, यो त्यत्तिकै आएको होइन । जस्तो एउटा सुन्दर भवन, सुन्दर घर हामी देख्छौँ, त्यसको माटोभित्र जग हुन्छ,’ मन्त्री लेखकले भने, ‘पिल्लरका रुपमा होस्, की वालका रुपमा होस् । हामीले बाहिरको घर मात्रै देख्छौँ तर त्यो भवन माटोभित्र भएको जगमा उभिएको हुन्छ । यदी त्यो जगलाई बिर्सियो भने त्यो घर ढल्छ ।’

गृहमन्त्री लेखकले कांग्रेसका नेताहरू आफैं आपसमा कमजोर बनाउने काममा लाग्दा पार्टी पनि कमजोर हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?