+

नेदरल्याण्ड्सकी आर्डेमाले मधेश युनाइटेडबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने

२०८२ भदौ  ५ गते ११:१५ २०८२ भदौ ५ गते ११:१५
नेदरल्याण्ड्सकी आर्डेमाले मधेश युनाइटेडबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश युनाइटेडले वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका लागि नेदरल्याण्ड्सकी सेटर डानिक आर्डेमा लाई अनुबन्धन गरेको छ।
  • आर्डेमाले नेदरल्याण्ड्स, स्पेन र जर्मनीका क्लबहरूमा खेलेर अनुभव समेटेकी छन् र हाल नेदरल्याण्ड्सको शीर्ष डिभिजन क्लब सुडोसा-डेस्टोमा खेलिरहेकी छिन्।
  • इडब्लुभिएल दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म पोखरामा हुनेछ र मधेश युनाइटेडमा निरुता ठगुन्ना मार्की खेलाडी तथा कोपिला उप्रेती मुख्य प्रशिक्षक छन्।

५ भदौ, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करणका लागि मधेश युनाइटेडले नेदरल्याण्ड्सकी सेटर डानिक आर्डेमा लाई अनुबन्धन  ‍गरेको छ ।

मधेशले आर्डेमालाई दोस्रो विदेशी खेलाडीको रुपमा घोषणा गरेको हो । मधेशले यसअघि नै नेदरल्याण्ड्सकै आउट साईड हिटर रोमी भिनस्ट्राको नाम घोषणा गरिसकेको छ ।

अनुभवी सेटर आर्डेमाले नेदरल्याण्ड्सको शीर्ष स्तरीय क्लबहरूमा खेल्दै उल्लेखनीय प्रदर्शन गरिरहेकी छिन् ।

उनले आफ्नो करियरमा नेदरल्याण्ड्स, स्पेन र जर्मनीका विविध क्लबहरूमा खेलेर अनुभव समेटेकी छिन् ।

पछिल्लो समय उनी नेदरल्याण्ड्सकै शीर्ष डिभिजन अन्तर्गतको क्लब सुडोसा-डेस्टोका लागि खेल्दै उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन् । सन् २०२४ मा उनले नेदरल्याण्ड्स युवा राष्ट्रिय च्याम्पियनसिप जित्न सफल भएकी थिइन् ।

आर्डेमालाई अनुबन्ध गरेपछि मधेश युनाईटेडले टिम बलियो भएको र टोलीमा मुख्य सेटरको रूपमा रहने जनाएको छ ।

उनको आगमनले टोलीको रणनीति र गति दुवै नियन्त्रण गरेर खेल जिताउन सक्नेमामा टोलि विश्वस्त रहेको पनि क्लबले जनाएको छ ।

आर्डेमाले मधेश युनाईटेडमा सामेल हुन पाउँदा आफु निकै हर्षित भएको बताएकी छन् । मधेश युनाईटेडलाई एभरेष्ट महिला भलिबल लिगको उपाधि जिताउन अर्थपूर्ण योगदान पुऱ्याउने लक्ष्य रहेको उनले बताएकी छन् ।

यस्तै एभरेष्ट महिला भलिबल लिगको हिस्सा हुन पाउँदा खुशी लागेको र नेपालमा खेलेर भलिबल खेल संस्कृतिलाई अझ विस्तार गर्ने पहल गर्ने उनले सुनाइन् ।

मधेश युनाइटेडको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टिमकी मुख्य स्पाइकर निरुता ठगुन्ना छिन् भने मुख्य प्रशिक्षकमा कोपिला उप्रेती छिन् । यस्तै टिमको ब्रान्ड एम्बेसडरमा मोडल तथा अभिनेत्री नीति शाह छिन्।

ईन्फिनिटी ड्रिम्सको आयोजनामा वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभि) को दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५-१३) पोखरामा हुनेछ ।

मधेश युनाइटेड टिम : निरुता ठगुन्ना (मार्की), आरती सुबेदी, कोपिला राणा , सरस्वती कटेल , उषा बिस्ट, बबिता बोहोरा, बसन्ती साउद, स्नेहा ठगुन्ना

एभरेष्ट महिला भलिबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय